पत्रकार ईश्वर कार्कीले कोरोना उपचार कोषमा आफ्नो तलब प्रदान गर्ने घोषणा

काठमाडौँ, १० चैत । रिपोर्टर्स नेपाल डटकमका पत्रकार ईश्वर कार्कीले सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न खडा गरेको कोरोना उपचार कोषमा आफ्नो एक महिनाको तलब प्रदान गर्ने घोषणा गरेका छन् ।

आईतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको थियो । सरकारले कोष खडा गरेलगत्तै पत्रकार कार्कीले आफ्नो एक महिनाको तलब प्रदान गर्ने घोषणा गरेका हुन् । उनले आफ्नो फेशबुकमा एक महिनाको तलब कोषलाई दिने जानकारी गराएका हुन् ।

मानवीय विपदका घडीमा देशमा कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको पहलकदमीलाई साथ दिन उक्त विपदबाट सिर्जना हुन सक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि आफूले व्यक्तिगत रुपमा उक्त कोषमा जम्मा हुनेगरी एक महिनाको तलब प्रदान  गर्न लागेको कार्कीले जानकारी दिए । कार्की रिपोर्टर्स क्लब नेपालका कोषाध्यक्ष समेत हुन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv