नेपाल आएका एक जना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड–९) पोजिटिभ

काठमाडौँ, १० चैत । फ्रान्सबाट कतार हुँदै नेपाल आएका एक जना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड–९) पोजिटिभ देखिएको छ । चैत ४ गते नेपाल आएका ती व्यक्तिको रिपोर्ट हिजो आएको थियो । मन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पनि उक्त कुराको पुष्टि गरेका छन् । उनले भने, हो,”रिपोर्ट पोजिटिभ आएको छ ।”

ढकालले ती बिरामीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिए। उनकाअनुसार १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको थियो । मन्त्री ढकालले भने,‘उनको परिवारलाई क्वारेन्टाइनमा राखेका छौं र उनी सँगै जहाजमा आएका अन्य मानिस कहाँ-कहाँ छन्? भनेर खोजी गर्दैछौं ।’



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv