दानबिर घरभेटी जस्ले बिपत परेको बेला आफ्नो ३ महिनाको घरभाडा मिनाह गरे अस्पातलको ५० सैया पनि क्वेरन्टाइनलाई (भिडियो सहित)
काठमाण्डौं,चैत ११ । दानबिर घरभेटी जस्ले बिपत परेको बेला आफ्नो ३ महिनाको घरभाडा मिनाह गरे अस्पातलको ५० सैया पनि क्वेरन्टाइनलाई दिएका छन । योसो गर्नेमा कोशोर जङ राणा र हरीहर लामिछाने रहेका छन । राणा मेघा अस्पातलका अध्यक्ष हुन भने लामिछाने समाजसेवी हुन । रिपोटर्स क्लबमा आयोजित एक कार्यक्रममा उक्त प्रतिबद्धता ब्यक्त गरेका हुन ।
राणाले आफ्नो घरमा बसेका भाडावाल र आफ्नो मेघा अस्पातल १०० सैयाको रहेको तर सबै दैनिक भरी नहुने हुनाले ५० सैया क्वेरन्टाइनका लागि दिने घोषणा गरेका हुन । देशमा आईपरेको बिपदमा हामी नेपाली एकहुनु हाम्रो कर्तब्य रहन्छ वहाँले भन्नु भयो । सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई यस्तो बेला एकजुट हुन अनुरोध गर्नु भयो ।
त्यस्तै लामिछानेले पनि मैले कुनै चर्चा कमाउन र आफुलाई चर्चित बनाउन घरभाडा मिनाह नगरेको बताउनु भयो । बिगतका दिनमा पनि समाज सेवामा मैले आफ्नो कर्तब्य नबिर्सेंको र अहिले पनि आफु सो कार्यमा पछी नपरेको बताउनु भयो । मैले घरभाडा मिनाह गरेको हो कुरा तपाईं आँफै गएर घरभाडामा बस्नेहरु सँग सोध्न सक्नुहुन्छ । भन्नु भयो । हेर्नुहोस् भिडियो :-