फ्रान्सबाट कतार हुँदै फर्किएकी नेपाली युवतीसँगै दोहाबाट यात्रा गर्ने ‘१२५ को पहिचान, बाँकेका मात्रै ४ जना

काठमाण्डौ,चैत १२ । कोरोनाभाइरस सङ्क्रमित नेपाली युवती फ्रान्सबाट दोहा हुँदै कतार एअरवेजको विमानमा चैत ४ गते नेपाल फर्किएकी थिइन् ! उक्त विमानमा नेपाली युवतीसँगै दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपाली मध्य ४ जना बाँके जिल्ला भएको पुष्टी !!

नेपाल प्रहरीले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको बताएको छ। प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र क्वारन्टीनजस्ता थप सतर्कता अपनाउन आफूले मतहतका निकायलाई पत्राचार गरेको जनाएको छ।

चैत ४ गतेको कतार एअरवेजको विमानमार्फत् उनी नेपाल आएको अध्यागमन अधिकारीहरूले पनि पुष्टि गरेका छन्। त्यो दिन कतार एअरवेजका तीनवटा उडानमार्फत् ४६९ जना नेपाल आएका थिए। फ्रान्सबाट कतार हुँदै फर्किएकी ती १९ वर्षीया विद्यार्थी १५८ जना यात्रु बोकेको क्युआर ६५२ उडानमार्फत् आएको बुझिएको छ।

ती किशोरी नेपाल आएको दिन क्युआर ६५०, क्युआर ६५२ र क्युआर ६५३ गरी कतार एअरवेजले तीनवटा उडान गरेको र तीनवटै उडानका सबै यात्रुको विवरण प्रहरीलाई उपलब्ध गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यलयका प्रमुख सागर आचार्यले बताए।

उनले ती यात्रुको नाम आफूहरूलाई पनि नखुलाइएको भन्दै सबै यात्रुको पासपोर्टको प्रतिलिपिसहितका विवरण प्रहरीलाई बुझाइएको जानकारी दिए।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले एअरलाइन्सबाट यात्रुहरूको विवरण प्राप्त भएसँगै यात्रुहरू पहिचान गर्ने प्रयास अघि बढाइएको जनाए। उनले भने, “कतार एअरवेजको उक्त जहाजबाट आएका १५८ यात्रुमध्ये १२५ जना नेपालीको घरको ठेगाना हामीले पत्ता लगाइसकेका छौँ। बाकी नेपाली यात्रुको ठेगाना पत्ता लगाउने काम भइरहेको छ।” उनी थप्छन्, “घरको ठेगानामा स्थानीय प्रहरी पठाएर उनीहरूको अवस्था के छ त्यो हेर्छौँ र क्वारन्टीनमा बस्ने अनि थप सतर्कता अपनाउन भनिरहेका छौँ।”

यसै क्रममा उक्त विमानमा नेपाली युवतीसँगै दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपाली मध्य ४ जनाको बाँके जिल्ला भएको पुष्टी भएको छ । उक्त ४ जनाको नाम सरकारले जिल्ला प्रसासन बाँकेमा पठाई सकेको छ । हालको ठेगाना नभएका कारण ४ जना मध्य अहिलेसम्म कोहि पनि फेलापरेका छैनन् ।”



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv