नेपालमा कोरोना (कोभिड–१९) भाइरसको संक्रमित ३ जना भेटिए (भिडियो सहित)
काठमाण्डौ,चैत १२ । नेपालमा कोरोना (कोभिड–१९) भाइरसको नयाँ संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । वेवसाइटले कहाँको कसलाइ संक्रमण भएको भन्ने केही खुलाइएको छैन ।
यद्यपी संक्रमितको संख्या ३ बनाइएको छ । योसँगै आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या दुइ भएको छ भने एक जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कि सकेका छन । केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा कोरोनाको लागि ६८७ जनाको नमुना परीक्षण गरे पनि अहिले सम्म ६८४ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।