म पनि घरमा बसेर सरकार सञ्चालन गरिरहेको छु : प्रधानमन्त्री


काठमाण्डौं,चैत १२ । प्रधानमन्त्री केपीशर्मा ओलीले लकडाउनका बेला घरमै बस्न जनतालाई आग्रह गरेका छन्।

आफू पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जनतालाई पनि घरमै बसिदिन आग्रह गरेका हुन्।

बुधबार फोटोसहित ट्वीट गर्दै प्रधानमन्त्री ओलीले लकडाउनका बेला पनि सुरक्षित रहन आग्रह गरेका हुन्।

‘हामी सबै अहिले लकडाउनमा छौं,’ उनले भने, ‘अर्को घोषणा नहुञ्जेल घरमै बस्नुस्।’ सरकारले चैत १८ गतेसम्म लकडाउन घोषणा गरेको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv