कोरोना संक्रमित युवा अस्पताल पुग्नु अघि काठमाण्डौको होटलमा बसेका थिए

काठमाण्डौं,चैत १२ । बुधबार कोरोनाभाइरस संक्रमणको पुष्टी भएका युवक गएको मार्च १९ अर्थात् चैत ६ गते बिहीबार नेपाल आएको खुल्न आएको छ । बुधबार स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको पुष्टी गरेका ती युवा युएईबाट एअर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ (५३७) बाट चैत्र ६ गते राति १०ः२० बजे नेपाल उत्रिएको स्वास्थ्य मन्त्रालय श्रोतले बताएको छ ।

उनी शारजहाँबाट एयर अरेबियाको जहाज चढेर काठमाडौँ आएका थिए। ३२ वर्षीय युवकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती युवा एयर अरेबियाको जहाजबाट काठमाडौँ आएको जानकारी गराएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ती युवक एयर अरेबियाको फ्लाइट नम्बर जी ९ ५३७ नम्बरबाट युएईको शारजहाँ विमानस्थलबाट चैत ६ गते बेलुका काठमाडौँ आएका हुन्। जहाज बेलुका १० बजेर ९ मिनेट जाँदा त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो।

मंगलबार नै ती युवामा कोरोना पोजिटिभ देखिएको भए पनि बुधबार मात्रै मन्त्रालयले यसबारे आधिकारिक जानकारी दिएको हो । अहिले ती युवा टेकुस्थित शुक्रराज अस्पतालमा उपचाररत छन् भने उनको परिवारलाई क्वारेन्टाइनमा राखिएको छ ।

धादिङ घर भएका ती युवा चैत ७ गते नै धादिङ पुगेको पनि स्रोतले बताएको छ । तर स्वास्थ्यमा समस्या आएपछि चैत १० गते उनी टेकु अस्पताल आइपुगेका थिए । ज्वरो आउने र खोकी लाग्ने भएपछि टेकु अस्पतालको आइशुलेन वार्डमा भर्ना गरिएका ती युवामा चैत ११ गते साँझ कोरोना पोजिटभ को रिपोर्ट आएको थियो ।

(युएई)बाट नेपाल आएपछि राजधानकी एक होटलमा बसेका थिए। होटलमा रहँदा उनले साथीहरुलाई बोलाएर जमघट गर्नुका साथै पार्टी समेत दिएका थिए। उनी बसेको होटलका नाम भने स्वास्थ्य मन्त्रालयले गोप्य राखेको छ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बुधबार नियमित कोरोना बिफ्रिङमा ती युवाका परिवार, उनी बसेको होटल, त्यहाँ रहेका र भेटेका व्यक्तिको खोजी गरी जाँच गरिने बताएका छन्।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv