कतार एयरवेजका दुई विमानले लगे ६०८ पर्यटक (भिडीयो सहित )

काठ्माण्डौं,चैत १५ । कतार एयरवेजका दुई वटा विमानले युरोपियन युनियन अन्तर्गतका देशमा नेपालमा अलपत्र यात्रु लिएर उडेका छन् । विहान ११ : ४७ बजे र मध्यान्ह १२ : ४५ बजे कतार एयरवेजका दुई वटा विमानले ६०८ जना पर्यटक लिएर त्रिभुवन विमानस्थल छाडेका हुन् ।

युरोपेली मुलुक स्वीडेन, फ्रान्स र जर्मनीका ६ सय भन्दा बढी नागरिक शनिबार नेपालबाट स्वदेश फर्किएका छन् । ती मुलुकले कतार एयरवेजको वाइडबडी जहाज चार्टड गरेर आफ्ना नागरिकलाई फिर्ता लगेका हुन् । धेरैजसो युरोपियन नागरिक नेपालमा पदयात्राका लागि आएका थिए ।

कतार एयरवेजको उडान नम्बर ७७८२ बाट ३०३ पर्यटक फर्किएका छन् भने ३४६८ बाट ३०५ जना युरोप फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।

नेपालस्थित जर्मन तथा विभिन्न युरोपेली देशका दूतावासहरुको समन्वमा अलपत्र पर्यटकलाई विमान चार्टर गरेर फर्काइएको हो । शुक्रबार पनि कतार एयरवेजबाट ३०७ पर्यटकलाई उद्दार गरेर युरोप लगिएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv