चलचित्र कलाकार संघ द्वारा कोरोना नियन्त्रण कोषमा एक लाख एक हजार सहयोग गरिने

काठमाण्डौं,चैत १७ । नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौलाले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा नेपाल चलचित्र कलाकार संघले एकलाख एकहजार रूपैया प्रदान गर्ने निर्णय भएको एक बक्तव्य मार्फत जानकारी गराउनु भएको छ ।

वक्तव्यको पूर्ण पाठ : कोभिड-१९कोरोनाको संक्रमणको बिषम परिस्थितिमा सम्पूर्ण मानव जाती आतंक बनेको छ । यो परिस्थितिबाट आफु बच्न र अरूलाई पनि बचाउन निर्धारित सुरक्षाका उपाय अवलम्बन गर्नु बाहेक अरू केही विकल्प छैन । आफु बच्न क्वारेन्टाईनमा बस्ने,साबुन पानीले हात धुनें वा सेनेटाईजर प्रयोग गर्ने ,कसैलाई संक्रमणको लक्ष्यण देखिएमा वा शंका लागेमा तोकिएको निकायमा खबर गर्ने , अस्पताल लैजाने आदि सजगता रचेतनाकालागि हामी सक्रिय भएर उच्च मनोवलका साथ लाग्नु समयको आवश्यकता बनेको छ ।कोरोनाको संक्रमणबाट विश्वमा लाखौ मान्छेको जीवन जोखिममा परेको छ भने हज़ारौौ मान्छेको प्राण गैसकेको छ ।

नेपालमा पनि कोरोना संक्रमण वचाउका लागि राज्य र नागरिक तहबाट विभिन्न उपाय अबलम्वन भैरहेका छन । नागरिकको जीवन जोखिममा नपरोस भनेर सरकारले लक डाउन गरेकोछ । हामी अहिले लक डाउनको अवस्थामा छौ ।लक डाउनको अभियानलाई हामी सबैले सहयोग गर्नु गराउनु मानवता रक्षाका लागि धर्म हुन आउछ ।

आफ्नो साधन श्रोत र क्षमताले भ्याए सम्म सरकार नागरिकको सुरक्षा र वचांउका लागि प्रयत्नशील छ ।जिम्मेबार सरकारी अधिकारी,राष्ट्र सेवक,सुरक्षा निकाय,संचारकर्मी ,स्वास्थ्यकर्मीहरूको लगन र निष्ठालाई अहिलेको सन्दर्भमा मुक्तकण्ठले प्रशंशा गर्नु पर्दछ ।

देशमा आईपरेको हरेक बिषम परिस्थितिमा नेपाल चलचित्र कलाकार संघ देश र जनताका लागि बिगतमा पनि योगदान र सहयोग गर्दै आईरहेकोछ । वर्तमान अवस्थामा पनि सहयोगी भूमिका निर्वाह गर्नु संघको धर्म एवं कर्तव्य हुन आउछ ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष श्री रबिन्द्र खडकाज्यूको निर्देशनमा कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरूको सहमतिमा सरकारले स्थापना गरेको राहत कोषलाई रू १०१०००/-(एकलाख एकहजार)प्रदान गर्ने निर्णय भएकोछ ।

साथै लक डाउनको अवधीमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने दाजु भाई दिदीबहिनीहरू का साथै श्रमिक चलचित्रकर्मीहरू पनि समस्यामा पर्न आएको थाहा हुन आएकाले यस सम्बन्धमा सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहन्छौ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv