नेपालमा अलपत्र परेका अमेरिकी नागरिकलाई फिर्ता लगियो

काठमाण्डौं ,चैत १८ । नेपालस्थित अमेरिकी दुतावासले नेपालका विभिन्न स्थानमा अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छ।
सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन गरेसँगै विभिन्न स्थानमा अलपत्र परेका आफ्ना नागरिकलाई विमान चार्टर गरेर स्वदेश फिर्ता लगेको हो ।

पोखरा, मुस्ताङ र लाङटाङमा रहेका अमेरिकी नागरिकहरुलाई आन्तरिक उडानबाट काठमाडौ ल्याएर विवरण सङ्कलन गरी स्वदेश फर्काइएको हो । स्वदेश फर्कनेहरुमा कुटनीतिक नियोगका केही प्रतिनिधिहरु पनि रहेका छन् । कतार एअरवेजको विमान चार्टर गरी अमेरिकी नागरिक, नेपाली मूलका अमेरिकी नागरिकहरु गरी तीन सय जनालाई स्वदेश फर्काइएको नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले जानकारी दिए । स्वदेश फर्काउन नेपालस्थित अमेरिकी दूताासले गरेको प्रयासप्रति अमेरिकनहरुले खुशी व्यक्त गरेका छन् ।

उनीहरुले लकडाउनका कारण आफ्ना पूर्वनिर्धारित तालिका अनुसार गन्तव्यमा पुग्न नसकेर अलपत्र परेपनि दुतावासले समन्वय गरेर घर जान पाएकोमा खुशी व्यक्त गरेका हुन् । स्वदेश फर्काउन अघि उनीहरुलाई अमेरिकी भिसा समन्वय केन्द्रमा विवरण सङ्कलन गरिएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv