कोरोना सर्छ भन्दै डेराबाट निकाल्ने वडा सचिव पक्राउ

घोराही,चैत १९ । घोराहीको बुद्ध इन्टरनेशनल अस्पतालमा कार्यरत एक स्टाफ नर्सलाई घरबाट निकालेको आरोपमा एक सरकारी कर्मचारीलाई पक्राउ गरिएको छ । केही दिन पहिले कोरोना संक्रमण हुन सक्ने भन्दै घोराहीमा डेरा गरी बस्दैआएकी एक स्टाफ नर्सलाई डेराबाट निकाल्ने घोराही उपमहानगरपालिका २ का वडा सचिव नारायण आचार्यलाई आज जिल्ला प्रशासन कार्यालय दाङले पक्राउ गरेको हो ।

स्टाफ नर्स सिर्जना खड्कालाई उहाँका घरबेटी आचार्यले कोरोना संक्रमण हुन सक्ने भन्दै डेराबाट निकालेपपछि उनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

स्टाफ नर्स खड्का गत मंसिरदेखि आचार्यको घरमा डेरा गरी बस्दै आएकी थिइन् । गत १५ गते डेराबाट निकालिएकी नर्स खड्का अहिले घोराहीस्थित एक होटेलमा बस्दै आएकी छिन् ।

‘तिम्रो कारण कोरोना संक्रमण हुने खतरा भयो भनेर उहाँहरुले मलाई भन्नु भयो’, उनले भनिन्, ‘मैले आँफू सुरक्षित रहेर काम गरिरहेकाले कुनै डर नहुने भन्दै सम्झाएँ , तर पनि उहाँले मान्नु भएन ।’

अस्पतालमा धेरै बिरामीहरुसंग सम्पर्क हुने भएकाले खड्काका कारण आँफूहरु असुरक्षित रहने भन्दै घरबेटीले कोठा छोड्न दबाब दिएका थिए । ‘कित अस्पताल नजाउ, कि भने तिम्रा लागि सधैँका लागि गेट बन्द हुन्छ भन्नु भयो’, उनले भनिन् ‘अस्पतालले बिदा दिने कुरै भएन, अनि कोठा छोड्न बाध्य भएँ ।’



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv