विश्वभर कोरोना भाइरस संक्रमितको संख्या नौ लाख नाघे

काठमाण्डौं,चैत २० । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या नौ लाख नाघेको छ । बितेको २५ घन्टामा एक लाख २५ हजार संक्रमित बढेको छ । संक्रमित संख्या ह्वात्तै बढेपछि विश्व स्वास्थ्य संगठनले गम्भीरता देखाएको छ ।
मृतक संख्या ४७ हजार कटेको छ । मृतक संख्या विगत दिनभन्दा बढिरहेको तथ्यांक छ । २४ घन्टाबीच आठ हजार मानिसको कोभिड १९ बाट मृत्यु भएको छ ।

विश्वभर ९ लाख ३५ हजार २२ जना संक्रमित भएका छन् । मर्नेको संख्या ४७ हजार १ सय ८९ पुगेको छ । हालसम्म १ लाख ९३ हजार ९ सय ८९ जना निको भई फर्किएका छन् ।
विश्वका सबैजसो देशमा कोरोना भाइरसको संक्रमण भइसकेको छ । यसले अमेरिका र युरोपमा महामारीको रुप लिइसकेको छ । त्यहाँ दिनप्रतिदिन मृतक र संक्रमितको संख्या बढिरहेको छ ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा देखिएका छन् । सबैभन्दा बढी इटालीमा कोरोनाको कारण मानिसको मृत्यु भएको तथ्यांक छ ।
चीनमा पहिलोपटक पत्ता लागेको कोरोना भाइरस अहिले अमेरिका र युरोपमा फैलिइरहेको छ ।

देश संक्रमित
अमेरिका २१४८३६
इटाली ११०५७४
स्पेन १०४११८
चीन ८१५५४
जर्मनी ७७९८१
फ्रान्स ५६९८९
इरान ४७५९३
बेलायत २९४४७
स्वीटजरल्यान्ड १७७६८
बेल्जियम १३९६४
नेदरल्यान्ड १३६१४

स्रोतः वोल्डोमिटर



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv