बर्दियाबाट आई काठमाण्डौंका काम गर्ने मजदुरलाई गरे युवा उद्दमी हरिशले सहयोग (भिडियो सहित )

काठमाण्डौं,चैत २१ । बर्दियाबाट काठमाण्डौंमा आइ ज्याला मजदुरी गर्ने श्रमिकलाई बर्दियाका युवा उद्यमी तथा समाजसेवी हरिशदेव गौतमको नेतृत्वमा राहत स्वरूप खाद्यान्न सामाग्री वितरण गरिएको छ । शुक्रबार काठमाण्डौंको कपन,महाराजगन्ज, र ठमेल आसपासमा रहेका करिब १०० जना मजदुरहरुलाई राहत स्वरुप सहयोग गरिएको हो ।
राहतमा दाल,चामल,नुन,तेल र मसलाको खाद्यान्न सामाग्री वितरण गरेको हो । सो राहत पाए पछी मजदुरहरुले गौतमको समुहलाई धन्यवाद दिएका थिए ।

मजदुरी गरेको पैसा पनि सकिएको र रासन किन्न पनि नपाईएको अवस्थामा पाएको यो सहयोगले हामीलाई धेरै खुशी लागेको एक श्रमिकले बताए ।

यो राहत सहयोग आगामी दिनमा पनि निरन्तर रहने गौतमले जानकारी दिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv