लकडाउन को आज १२ औं दिन उपत्यका लगाएत देशभर सुनसान (भिडियो सहित)

काठमाण्डौं,चैत २२ । लकडाउन को आज १२ औं दिन उपत्यका लगाएत देशभर सुनसान रहेको छ । हामीले कोटेश्वर देखी भक्तपुर सम्मको यात्रा गर्दा सडक छेउछाउ केही सर्वसाधारण हिंडेको बाहेक अरु देखिएन । हेर्नुहोस् यो भिडियो :-

नेपालमा कोरोना भाइरसबाट संक्रमितमध्ये आठजना विदेशबाट फर्केकाहरु रहेका छन् । उनीहरु युरोप, खाडी मुलुक, चीन र भारतबाट फर्केकाहरु रहेका छन् । बाँकी एकजनालाई नेपालभित्र रहेका संक्रमितबाट सरेको हो । संक्रमित तीनजना ४ चैत्रमा काठमाडौं उत्रिएको कतार एयरवेजको क्युआर ६५२ नम्बरको विमानका यात्रु हुन् । सो विमानमा यात्रा गरेका तीनजना महिलाहरुलाई संक्रमण भेटिएको हो । 

संक्रमितहरुको विवरण
पहिलो संक्रमितः चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो ।
दोस्रो संक्रमितः फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको
तेस्रो संक्रमितः युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको
चौंथो संक्रमितः युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको
पाचौं संक्रमितः बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको
छैठौं संक्रमितः फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको
सातौं संक्रमितः भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको
आठौं संक्रमितः भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको
नवौं संक्रमितः कैलालीकी ३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्तको २२ चैत्रमा पत्ता लागेको



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv