नेपाली कथानक चलचित्र “कालो वर्ष” युटुबमा सार्बजनिक
काठमाण्डौं,चैत २९ । नेपाली कथानक चलचित्र “कालो वर्ष” युटुबमा सार्बजनिक भएको छ । २०७६ बैशाख १३ गते नेपालभर सार्बजनिक प्रदशन गरिएको चलचित्र लामो समयपछि भिर्गो टिभी नामक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
चलचित्रमा पवन भट्टराई, ओकेश पनेरु , अनुपा खड्का , सुरेन्द्र बुढा , रश्मी शाहा, रबिन भुजेल , रश्मी भट्ट लगाएतको अभिनय रहेको छ।
योगिराम फिल्मसको ब्यानरमा निर्माण भएको सो चलचित्रमा राम खड्का सहनिर्माता रहेको चलचित्र कालो बर्षलाइ योगेन्द्र पनेरुले निर्माण गरेका हुन भने लक्षु गौतमको निर्देशन रहेको छ। रामेश्वर हुमागाइले छायांकन गरेको चलचित्र शुबास देबकोटाले सम्पादन गरेका हुन् ।
भुकम्पबाट बिस्थापित भएकाहरुको कथा बोकेको चलचित्रमा बलात्कारको बिषयलाई पनि उठान गरिएको छ । हेर्नुहोस् भिडियो :-