कञ्चनपुरका दलित समुदायलाई अमेरिकाबाट आयो यस्तो सहयोग (भिडियो सहित)

काठमाण्डौं,बैशाख ५ । कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नम्बर ४ मा बसोबास गर्ने दलित समुदायका मजदुर परिवारहरुलाई राहत बितरण गरिएको छ । अमेरिकाको टेक्सासमा रहेको भक्त बीबी हेल्पिङ हेन्ड्स फर ह्युमनेटी नामक संस्थाले संयोजक शारदा चन्द मार्फत सो सहयोग बितरण गरेको हो ।

१६० घर परिवार रहेको सो क्षेत्रमा पहिलो चरणमा ६२ दलित परिवारलाई खाद्यान्न राहत स्वरुप प्रति परिवार २५ किलो चामल ,एक किलो दाल, एक पोका नुन र एक लिटर खाने तेल बितरण गरिएको छ । बाँकी ९८ परिवारलाई पनि बितरण गरिने संयोजक चन्द ले बताउनु भयो ।

भक्त बब हेल्पिङ हेन्ड्स फर ह्युमनेटी नामक संस्था एक बर्ष अघी अमेरिकाको टेक्सासमा स्थापना भएको हो । उक्त संस्थाले एचएनडिपी संस्था सँग सहकार्य गरी टेक्सासको बिभिन्न ठाउँमा घरबार बिहिन परिवारलाई लत्ताकपडा,रासन र आर्थिक सहयोग गर्दै आईरहेको छ ।

कोरोना संक्रमण (कोभिड-१९) ले सुदुरपश्चिमका जिल्लाहरुमा रहेका बिपन्न परिवार र मजदुरलाई खाद्यान्न अभाव नहोस् भनी सानो सहयोग गरेको भक्त बब हेल्पिङ हेन्ड्स फर ह्युमनेटी संस्थाका संस्थापक अध्यक्ष भक्त बहादुर भण्डारी ले भने ।

१६० घर परिवारलाई खाद्यान्न सहयोग गर्नका लागि सो संस्थामा मार्क खड्का,पासाङ लामा,सुमन थापा, अर्जुन बन्जाडे,भरत अर्याल,ज्ञानेन्द्र कार्की,मधुर शर्मा,सुर्य थापा,श्याम सिंह र निराजन रिसाल बाट सहयोग स्वरुप आर्थिक रकम संकलन गरिएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv