जहाँ पुगेन सरकार त्यहाँ पुगे पत्रकार (भिडियो सहित)

काठमाण्डौं,बैशाख ७ । राष्ट्रिय फोटो पत्रकार समुहले ललितपुरको ललितपुर गोदावरी स्थित झरुवारासीमा रहेकोे बज्र इँटाभट्टामा कामगर्ने मजदुरहरुलाई रहत बितरण गरेको छ ।
शनिबार सो क्षेत्रमा रहेका ६० परिवारका ३०० मजदुरहरूलाई चामल, तेल, दाल, नुन र तरकारी राहत वितरण गरिएको हो । करिब ४०० मजदूरहरु सो ईटाभट्टामा कार्यरत छन् भने उक्त स्थानमा हाल सम्म कसैले पनि राहत बितरण नगरेको पाइएको छ ।

फोटो पत्रकार समुहका केही पत्रकारहरु सो क्षेत्रमा फोटो खिच्नेक्रममा त्यहाँको अवस्था नाजुक देखेर फेसबुक मार्फत समुहका महासचिव प्रदिप राज वन्तले सहयोगका लागि आवहान गर्नु भएको थियो । तत्पस्चात फोटो पत्रकारहरु र एक जना वैदेशीक रोजगारमा कार्यरत एक पूर्व फोटोपत्रकारबाट १५ हजार नगद आर्थिक सहयोग जुटेपछी राहत बितरण गरिएको हो ।

देशमा बिपद आईपर्दा फोटो खिच्ने हातले बिपन्न,गरीब र मजदुरहरुलाई सकेको सहयोग गर्नु पनि हाम्रो दायित्व हो कर्तब्य हो महासचिव वन्तले बताए । त्यस्तै सो समुहका अध्यक्ष राजेन्द्र चित्रकारले यस्ता समाजसेवी कामको निरन्तरता दिने र सहयोगीमनहरुलाई हृदय देखी धन्यवाद पनि दिनु भयो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv