पुर्व राजालाई बिबेक को बिन्ती पत्र

काठमाण्डौं,बैशाख १४ । सर्वप्रथम त श्री ५ महाराजाधिराज ज्ञानेन्द्र बिरबिक्रम शाहदेव सरकारका जुनाफमा दर्शन/प्रणाम !

आम मिडियामा र मिडियाकर्मीहरुले साथै कयौं नेपाली जनताहरुले र महाराजाधिराज सरकारको हालकै सचिवालयमा कार्यरत कर्मचारीहरुले पनि सरकार हजुरलाई “पुर्ब राजा” भनी सम्बोधन गरेको, देखेको र सुनेको छु । मलाई कसैले पनी हजुरलाई “पुर्ब राजा” भनेको सुन्नै मन पर्दैन, किन होला ? आखिर के साईनो छ र हजुर संग मेरो ? मलाई यो दुनियाले “पुर्ब राजा” भन्दा दुख लाग्नु पर्ने ? कति संग त किन “पुर्ब राजा” भन्छौ ? हाल को छ र “राजा” उहाॅलाई “पुर्ब राजा” भन्नु पर्यो भनी सवाल जवाफ पनी गरेको छु । त्यसैले होला मैले कहिल्यै भुलेर पनी हजुरलाई “पुर्ब राजा” भनीन, मलाई “पुर्ब राजा” भन्नै आएन, भन्न जानीन र सकीन पनी, पाठकहरुलाई यो चाकडीको अर्थ नलागोस । म सचेत छु कसैले यो राजाको चाकडी वा राजाबादी रहेछ भन्लान भन्ने कुरामा, यदि कसैले मलाई राजाबादी वा चाकडी गर्यो भनेछन भने पनी मलाई केही फरक पर्दैन । तसर्थ मैले सुरुमै ढुक्क भएर हजुरलाई श्री ५ महाराजाधिराज ज्ञानेन्द्र बिरबिक्रम शाहादेव सरकार भनी संबोधन गरेको छु ।

श्री ५ महाराज हजुरलाई यो बिन्तिपत्र लेख्ने दुश्साहस मैले किन पनी गरेको हुॅ भने देशको बर्तमान राजनिति खिचातानीका बारेमा हजुर अवगतै होईबक्सन्छ । राजनैतिक दल तथा दलका नेता पुरै पार्टी वा कुनै दलमुखी बनीरहेका छन । आफु र आफ्ना आसेपासेहरुको स्वार्थ पुरा गर्नमै तल्लीन छन । आफ्नो स्वार्थ भन्दा माथी राष्ट्र, राष्ट्रियता, नेपाली जनता र राष्ट्रिय अखण्डता छ भन्ने कुरा चटक्कै भुलेर, एउटा सिनोमाथी लुछातानीको लडाई लडीरहेका छन । यस्तो अन्यौलग्रस्त आन्तरीक फोहरी राजनैतिक खिचातानीका बिच “कोरोना भाईरस” (COVID-19) बिश्व भर फैलीयो । जसको असरले आज संसार हल्लीएको छ । यस बिचमा दक्षिण यसियाका दुई ठुला देशहरुको बिच्चमा च्याप्पीएर रहेको हजुर र हजुरका पुर्खाको नाशो “नेपाल” भन्ने देश कहाॅ अछुतो रहन सक्थ्यो र ?

अन्यौलको राजनितीमा रुमलिएका सबै दलका नेताहरुको र स्वयं सरकारको पनी दुरदृष्टिमा मोतिबिन्दु लागीदिनाले “लकडाउन” गर्दा आईपर्ने समस्याहरुमा दुरदर्शिता तथा कुनै पुर्ब तयारीनै भएन । त्यसैले देशमा “लकडाउन” गरेको हप्ता-दश दिन नबित्दै जनता रोगले भन्दा भोकले पानी बिनाको माछा छट्पट्टीएझैं छट्पट्टीन थाले । महाराज हजुरलाई आफ्ना जनता (सन्तान) छट्पट्टाएको चित्कारले शान्ति मिलेन होला र त तुरुन्तै २ करोड रुपैंयाॅ रहात स्वरुप “हिमानी कोष” मार्फत दिन लगाईबक्स्यो । तसर्थ आज जताततै हजुर र बर्षौ पुरानो ईतिहास बोकेको राजसस्थाको वाहवाही भयो । सबैले भने, आज श्री ५ महाराजकै तजबिजमा यो देशको शासन सत्ता हुदोहोत पक्कै यो भन्दा धेरै राहत पाउँथे वा कसैले पनी अहिलेको जस्तो दुर्रदशा भोग्नु पर्ने थिएन । हरेक मिडियाले जताततै श्री ५ महाराजकै गुणगाण गाए, त्यस्तै बिभिन्न समाचारहरु पनी बनाए । यो देखेर म अत्यन्तै हर्षित भए । वाह ! महाराज ! भन्ने लाग्यो । र सबैले भनेको पनी सुने आखिर राजा भनेको राजै हो ।

हुन पनी सन्तानको दुख देख्न कहाँ सकिबक्सन्थ्यो महाराज हजुरले । के ८-१० बर्षको क्रान्तिबाट वा मगन्ते गरिव, स्वार्थी र अराजक राजनितीबाट प्राप्त गरिबक्सेको बिरासत हो र राजा र राजसस्था ? कदापी होईन । बरु हजुरका पुर्खा बडाजिजुहजुरबुवा बडामाहाराजधिराज श्री ५ पृथ्वीनारायण शाहादेवले संगालेर निर्माण गरीबक्सेको पबित्र देवभुमी हो । यस्तो अनादीकाल वा २/३ सय बर्ष लामो समय देखी देश र जनतालाई अविभावकत्वको न्यानो पन सहीतको राज-पाठ गरिबक्सेकोले हजुर महाराज र हजुरका सन्ततिहरुको रगतको कण-कणमा देश र जनता प्रतिको मायाॅ र ममता बगीरहेको छ । यही माॅया र ममता बेलाबखत हजुर महाराज लगायत अन्य राजपरिवारका सदस्य सरकारहरुबाट देश र जनताका लागी पोखिने गरेको हामीले देखेका छौ ।

महाराज अहिले जताततै “राजा आउ, देश बचाउ” भन्ने नारा घन्कीन थालेको छ । हुनत २०६२/०६३ को जनआन्दोलन पछी हजुरले हाँसी-हाँसी जनताको नाशो जनतालाई सुम्पिबक्सी देश छोडी बिदेश कतै नजाने र स्वदेशमै बसी जनता र लोकतन्त्रको उन्नती-प्रगतीमा भरपुर सघाउने पबित्र बचन दिईबक्सी नारायणहिटी छोडीबक्सदा देखिनै हजुर र राजसस्थाको अपरिहार्यता यो देशका लागी कती रहेछ भन्ने कुरा नेपाली जनताले बुझेका हुन । पटक-पटकको भ्रष्ट सरकार, र स्वार्थी तथा दलमुखी बनेको फोहरी राजनितीले देश र जनताको भविस्य अन्यौलग्रस्त पारेपछी हजुरको अविभावकत्व आबस्यकताको अझैं गहीरो महसुस हुन थालोको छ ।

महाराज राजसस्था किन र केका लागी फालियो ? हजुर र यि राजनैतिक दलका नेताहरु बिच केही सम्झौता थियो की ? त्यो कुराका बारेमा म बिल्कुलै अनबिज्ञ छु । बाहीर यस्ता गाईगुई हल्ला चलेता पनी, म यस्ता कुराको पछी लाग्दीन, तर हजुरले जनताको नाशो जनताका छोराहरुलाई जुन आषा र अपेक्षा राखी सुम्पीबक्सेको थियो होला त्यो अबस्था हाल पटक्कै छैन । म यति कुरा ठोकेरै भन्न सक्छुकी जतिबेला राजाले देश लुटेर खत्तम पारे, अब राजसस्था फालेर गणतन्त्र ल्याउनु पर्छ भनी सात राजनैतिक दल मिलेर हजुर र राजसस्थाका बिरुद्व आन्दोलन गरीसकेपछी हजुरले यिनलाई सुम्पीबक्सदाको जस्तो सरल अबस्था यो देश र यहाॅका जनताको छदै छैन महाराज ।

मलाई कता-कता डर यो छ की महाराज यि नेताहरुको ब्यथितीले गाँजेको हजुरको नाशो आजित भएर कुनै दिन हजुरलाई सुम्पेलान र हजुरले पनी पुन पहिलाकै अबस्थामा देश सुचारु गर्न खोजीबक्सदा छु मन्तर वा जादुको छडीको चमत्कारीमा देश बिकास र आफ्नो जिवन शैलीमा उन्नती चहाने नेपाली जनताले त्यो नपाउदा कतै अलिकति रहेको राजसस्थाको ईज्जत पनी पुन ध्वस्त त पार्दैनन् भन्ने । हुनत मैले भन्दा धैरै बुझी बक्सेको छ महाराजले यो कुरा मैले लेखिरहनै पर्दैन ।तर पनी एउटा सामान्य जनताको मनमा के कुरा चल्दो रहेछ भन्ने कुराको प्रतिनिधित्व गरेको हुॅ महाराज अन्यथा नलिबक्सेला ।

आज सम्म सात राजनैतिक दल र यिनका नेताहरुले बिदेशीहरुको ईशारा र ईच्छामा जुन खालको अस्थिर र अराजक राजनैतिक गोट्टी चाले र देश तथा जनताको भविस्य आज यसरी अन्धकारमा फसाय यसको सजाय स्वरुप सचेत नागरीकहरुको सहयोगमा महाराज हजुरले मुख्य नेतृत्व लिईबक्सी आज सम्म यिनले बिगारेका सबै कार्य यिनिहरुलेनै कमाएको अकुत सम्पत्ती जफत गरेर पुननिर्माण गर्न लगाईबक्स्योस । यिनिहरुलाई यो एउटा सजाय पनी हुने छ र देश जनताको सर्बांगिण बिकासको उदाहरण पनी, हजुरका पुर्खा बडा जिजुहजुर बुवाले निर्माण गरिबक्सेको सिंगो नेपाललाई पुन एकपटक राजनैतिक, भावनात्मक, सांस्कृतीक, धार्मीक र भौगोलीक एकता गरीबक्स्योस । महाराज जे भए पनी हजुरहरुकै (सन्तान) नेपाली जनताहरुकै जनचहाना अनुरुप आज गणतन्त्र नेपाल बनेको त हो नी, हो यो कुरालाई पुन निमोठ्ने गल्ति कदापी नगरीबक्सेला । अझैं भनौ भने हजुर स्वयंम यही ब्यवस्था भित्र रहीबक्सी, हजुरनै यस देशको कार्यकारी होईबक्सी, देश र नेपाली जनताको भाग्य र भविस्य निर्माण गर्ने कुनै सजिलो उपाय छ भने त्यो खोजीबक्सेला । करोडौ नेपाली जनता सदासर्बदा हजुरको साथ र समर्थनमा रहने छन । जय देश ! जय राजसस्था ! जय नोपाली जनता ! श्री पशुपतिनाथ र बौद्वनाथले हामी सबैको कल्याण गरुन । लेखक- बिबेक चन्द ठकुरी (मध्यपस्चिम, नेपाल)



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv