प्रवासमा रहेका नेपालीद्धारा भिमदत्त नगरपालिकाका बिपन्न परिवारलाई आयो यस्तो सहयोग

कंचनपुर,बैशाख १३ । कंचनपुरको भीमदत्त नगरपालिकामा रहेका सर्वसाधारणको लागि प्रवासी नेपालीहरुले खाद्यान्न सहयोग गरेका छन । काठमाण्डौंमा रहेका समाजसेवी प्रविन श्रेष्ठ र ओमनमा रहेका सबु सुनुवारको नेतृत्वमा रकम संकलन गरी ८९ बोरा चामल भिमदत्त नगरपालिकालाई शुक्रबार हस्तान्तरण गरिएको हो ।
समाजसेवी इशा गुरुङ (युके),सुनिता गुरुङ (बेलाजियम),डोरी लाहुरे (साउदी अरब),अमृत खड्का (दुबई),तारा केसी (कतार),भोजपुरे बिमला (फ्रान्स) ले रकम सहयोग गर्नु भएको थियो ।

दैनिक ज्यालादारीमा आफ्नो गुजारा चलाउने बिपन्न परिवारका लागि सहयोग गरेको सहयोगकर्ता प्रबिन श्रेष्ठ ले बताउनु भयो ।

त्यस्तै सबु सुनुवारले बिपन्न परिवारलाई खाद्यान्न अभाव नहोस् भनी प्रवासमा रहेर पनि यस्तो महामारीको बेला सहयोग गर्न पाउँदा ज्यादै खुशी लागेको र सहयोगी मनकारी प्रवासी साथीहरुलाई धन्यवाद दिनु भयो ।

समाजसेवी भोला खनाल बाट ५० बोरा चामल सहयोग पाएको श्रेष्ठ ले बताउनु भयो ।

राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य योगेश साउद, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष एव महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी, कञ्चनपुरका युवा उद्यमी किरण साउद र सामाजिक अभियान कर्ता तथा युवा नेता दिपक डोटेलीको पहलमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टलाई खाद्यान्न हस्तान्तरण गरिएको भ्रष्टाचार बिरोधी अभियानकर्ता शारदा भुसाल झा ले जानकारी गराउनु भयो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv