अमेरिकामा रहेका समाजसेवी भक्त भण्डारी को पहलमा ६ जिल्लामा राहत बितरण
काठमाण्डौं,बैशाख १४ । अमेरिका रहेका समाजसेवी भक्त बहादुर भण्डारी को पहलमा ६ जिल्लामा राहत बितरण गरिएको छ । भक्त बिबी हेल्पिङ हेण्ड्स फर ह्युमनेटी (Bhakta BB Helping Hands for Humanity) नामक संस्था मार्फत सुदुरपश्चिम ७ न प्रदेशको कंचनपुर, बाजुरा, प्रदेश ५ को पाल्पा, प्रदेश २ को पर्सा र बागमती प्रदेश को काभ्रे र काठमाण्डौं गरी ६ जिल्लामा रहेका बिपन्न परिवार मजदुर र पत्रकारहरुलाई राहत बितरण गरिएको हो ।

कंचनपुर १६० घर परिवारलाई २५ किलो चामल, दाल, तेल ,नुन, बाजुरामा ७ घरपरिवारलाई दाल,चामल,तेल,चिनी,सलाई,चियापत्ती,नुन,सोयाबिन,आलु,पाल्पामा १३ घर परिवारलाई पनि दाल, चामल,तेल, नुन बितरण गरिएको छ ।

पर्सामा २० घर परिवारलाई चामल २५ किलो ,दाल १ किलो ,खाने तेल १ लिटर ,आलु १ केजी नुन १ केजी , मसला( मार्चा+ धनिया) १०० ग्राम , सालाई माचिस १, नुहाउने साबुन १, कपडा धुने साबुन १ वितरण गरिएको छ। बितरण गरिएको हो । पर्सा जिल्ला सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनमा मजदुर , श्रमिक , ईटा भाटामा काम गर्ने , ज्यालादारी तथा साहुको खेतमा काम गर्ने विपन्न तथा दलितहरु लाई २० घरधुरीलाई राहत वितरण गरिएको हो ।

काभ्रेमा कोरोना रोग संक्रमण बारे जनचेतनामुलक कार्यक्रम गरी २०० घरपरिवारलाई प्रति परिवार ३ वटा हातधुने डिटोल साबुन र २ वटा लुगा धुने साबुन बितरण गरिएको हो ।

त्यस्तै बिभिन्न जिल्लाबाट आई काठमाण्डौमा कार्यरत दलित पत्रकारहरुलाई पनि चामल, दाल, नुन,तेल,सोयाबिन,हेण्ड सेनिटाइजर,मास्क,चाउचाउ, बितरण गरिएको संस्थाका अध्यक्ष तथा समाजसेवी भक्त बहादुर भण्डारी ले बताउनु भयो । यो महामारीको त्रासले विश्वभर असर पारेको बेला नेपालमा आफु नभए पनि मातृभूमीका लागि सक्दो सहयोग गर्न पाउँदा खुशी लागेको छ । मलाई यस कार्यमा सहयोग गर्नु हुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भयो ।

कंचनपुरमा समाजसेवी शारदा चन्द,बाजुरामा निमेन्द्र शाही, पर्सामा मनोज राम,पाल्पामा गीता ढकाल, काभ्रेमा कुशराज लामा र काठमाण्डौमा भ्रष्टाचार बिरोधी अभियानकर्ता शारदा भुसाल झा,ज्ञानेन्द्र प्रसाद भट्ट,र प्रविन श्रेष्ठ संयोजकहरुबाट राहत बितरण गरिएको हो ।

भक्त बिबी हेल्पिङ हेण्ड्स फर ह्युमानिटी संस्था अमेरिकाको टेक्सासमा २०१९ मा स्थापना भई सेवामुलक कार्य गर्दै आईरहेको छ ।
