सिनेमा हलमा पूजा र प्रदिप भिड्दै, कस्ले मार्ला बाजी

काठमाण्डौ,२१ भदौं । चलचित्र ‘रामकहानी’ र ‘रोज’ शुक्रबार देखी देशै भर प्रदर्शनमा आउँदैछन । पूजा शर्मा को चलचित्र रामकहानी हो रोज प्रदिप खड्का द्वारा अभिनित चलचित्र हो । कुनै समय यी दुबै जोडीको चलचित्र ‘प्रेम गीत’ दर्शक ले औधी मन पराएका थिए भने । दर्शकहरुले सो चलचित्र पछी यी जोडीलाई एकै चलचित्रमा अभिनय गरेको देख्न पाएका छैनन् ।

पूजा आफैले निर्माण गरेको ‘राम कहानी’ र प्रदिप खड्का नायक रहेको चलचित्र प्रदर्शनको मुखैमा रहँदा दुबै निर्माण टिम दर्शकहरुलाई आफ्नो चलचित्र हल सम्म तान्न प्रचार प्रसारमा तिब्रता दिने क्रममा आज साँझ ‘राम काहानी’को टोली नयाँ बानेश्वरमा सर्वसाधारणलाई चलचित्र बारे जानकारी गराउन लाग्दा प्रहरी ले हस्तक्षेप गरेको छ । निषेधित क्षेत्र भन्दै संसद भवन वरपर रोक लगायो । करिब १ घण्टा को पर्खाइ पछी नायिका पूजा शर्मा निर्देशक सुदर्शन थापा लगाएतको टोली सो क्षेत्रबाट बाहिरिएका थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv