यो १० दिन घरभित्रै बसौं : डा. रवीन्द्र पाण्डे, (जनस्वास्थ्य विज्ञ)

सरकारले आजदेखि लागु हुने गरि १० दिन लकडाउन लम्बाएको छ | काठमाडौ महानगरपालिका लगायत अन्य स्थानीय निकाय तथा प्रदेश सरकारले लकडाउन खुकुलो बनाउन सक्ने जनाएको छ |

बिना पूर्व तयारी लकडाउन खुकुलो गर्दा सहरमा कोरोना संक्रमण देखा पर्ने आधार खडा हुनेछ | लकडाउनको अबधिमा सयौं बस काठमाडौबाट बिभिन्न जिल्लामा गएका छन् | ती बसमा उपत्याका बाहिरबाट धेरै नागरिक उपत्याकामा प्रवेश गरेका छन् | यदि उनीहरुमध्ये कोहि संक्रमित भएमा र लकडाउन खुकुलो भएमा सहरी क्षेत्रमा कोरोना संक्रमण फैलिन सक्छ | तसर्थ निम्न बुँदा कार्यान्वयन गर्न / गराउन मेडिया, सरकार अन्तर्गतका सुरक्षाकर्मी तथा कर्मचारी, नगरपालिका तथा आम बासिन्दामा अनुरोध गर्दछु |

  • सकभर घरबाहिर निस्किनु हुँदैन | बाटो खाली देखेपनि त्यो बाटोबाट भर्खर संक्रमित व्यक्ति पास भएको हुनसक्छ | अघिंपछि हिंडेको व्यक्ति संक्रमित हुनसक्छ, संगै किनमेल गरेको व्यक्ति संक्रमित हुनसक्छ | तसर्थ घरको एकजना मात्र किनमेलको लागि सुरक्षित तबरले जाने | सकिन्छ भने एकदिनमा २-४ दिनको सामान किनेर बाहिर ननिस्किने |
  • सकभर किनमेलको समय दिउँसो १२-२ बजे कायम गर्ने | यो समयमा भीडभाड कम हुन्छ | बिहान र बेलुका एकदम कडा गर्ने |
  • पंजा, मास्क, विन्ड चिटर, ट्राउजर, जुत्ता कभर ( पोलिथिन भएपनि ), चस्मा, ह्याण्ड स्यानिटाइजर लगायतका सुरक्षा सामग्री लगाएर मात्र घरबाहिर निस्किने | घरमा आएपछि ती सबैलाई घर बाहिर घाममा सुकाउने | पोलिथिन ब्याग, सर्जिकल मास्कलाई डिस्पोज गर्ने |
  • घरमा आएपछि साबुनपानीले हात मिचिमिची धुने |
  • सुपरमार्केट खुल्न नदिने | त्यहाँ हुने भीडभाडले कोरोना सर्ने जोखिम हुन्छ |
  • तरकारी बजार तथा फलफुल बजारबाट खुद्रा कारोबार बन्द गराउने | त्यहाँ लाग्ने मेलाले संक्रमण सार्ने उच्च जोखिम हुन्छ |
  • २ जनाभन्दा धेरै व्यक्ति संगै हिंड्न नपाउने | हिंड्दा, सामान किनमेल गर्दा अनिबार्य रुपमा ६ फिटको व्यक्तिगत दुरी कायम गर्ने |
  • प्रहरी गस्ती मुख्य सडकमा मात्र सिमित भएको तथा जोखिम भित्रि बस्तीमा भएको हुँदा प्रहरी गस्ती भित्रि बस्तीमा बढाउने |
  • खाद्य पसल, ग्यास पसल, कृषि सामग्री पसल, औषधि पसल, सरकारी तथा निजि अस्पताल, कृषि तथा उद्योग, निर्माण कार्यलाई बाहेक अन्य कार्यलाई खुल्न नदिने |
  • लकडाउन प्रभावकारी बनाउन सरकारले निम्न आय भएका बर्गलाई पुग्दो राहत दिने |
  • यो १० दिनलाई ‘ मोडेल लकडाउन ‘ बनाउन सरकारले सक्दो कडाइ गर्ने | यो कडाइ जनताको जीवन बचाउन गरिएको तथ्य प्रचारप्रसार गर्ने |
  • यो १० दिनमा सरकारले गृहकार्य गरेर तथा ४-५ चरणको तालिका निकालेर लकडाउनलाई खुकुलो बनाउंदै जाने |



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv