गायक सुब्रत रेग्मीको ‘पुरा हुन जिन्दगी’ सार्वजनिक ( भिडियो सहित )

काठमाण्डौं,बैशाख १७ । कोरना कहर बिच नेपाली गीत संगीत प्रेमीहरुलाई संगीतको माध्यम बाट मनोरंजन दिन गायक सुब्रत रेग्मीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘पुरा हुन जिन्दगी’ सार्वजनिक गरेका छन् ।

रोमाण्टिक भर्सनको यस गीतमा मानिस एक रहन असल छैन ,जिन्दगी जिउन साथी चाहिन्छ भन्ने भाव व्यक्त गरिएको छ । गीतमा स्वर गायक सुब्रत रेग्मीको रहेको छ भने शब्द अनिल शर्माको रहेको छ । गीतमा संगीत बिशाल पौडेलको रहेको छ ।

म्युजिक भिडियोमा नायिका केकी अधिकारी र मोडेल बिजेन्द्र जोशीको अभिनय रहेको छ । रमाइलो ठाउमा छायांकन गरिएको भिडियोमा कलाकारहरुको रोमान्स देख्न सकिन्छ । संजित के घिसिङ्ले छायाँकन र सम्पादन गरेको भिडियोलाई संजित र अनिश क्षेत्रीले मिलेर निर्देशन गरेका हुन् ।

दुई दशकदेखि शास्त्रीय गायनबाट सांगीतिक यात्रा सुरु गरेका गायक रेग्मीले बाल्यकालदेखि नै विभिन्न रेडियो र टेलिभिजन कार्यक्रमहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिएर दर्जनौं गायन प्रतियोगिताहरुमा विजयी समेत भैसकेका छन् ।

म्युजिक नेपालको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।विगत १५ वर्षदेखि अस्ट्रेलिया बस्दै आएका गायक रेग्मीले यस गीतलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv