रहेन् बलिवुड स्टार इरफान खान

मुम्बई,बैशाख १७ । स्वास्थ्य बिग्रिएपछि मङ्गलबार उनलाई मुम्बईस्थित कोकिलाबेन अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो।

उनी क्यान्सरबाट पीडित थिए । तर उनलाई किन सघन उपचार कक्षमा भर्ना गरिनुको कारण थाहा नभएको बीबीसी हिन्दीले जनाएको छ।

खानको परिवारले पनि यसबारे केही भनिसकेको छैन।

उनले पानसिंह तोमार, मकबूल, लाइफ अफ पाई, जुर्‍यासिक पार्क, स्लमडग मिलीअनेअर जस्ता हलीवुड चर्चित चलचित्रमा अभिनय गरेका छन्। उनको अभिनयको धेरैले प्रशंसा गरेका छन्।

यसअघि इरफान खानका एक प्रवक्ताले विज्ञप्तिमार्फत् उनलाई ‘पेटको सङ्क्रमण’ भएको र चिकित्सकको निगरानीमा रहेको जानकारी दिएका थिए।

बलियो इच्छाशक्ति र शुभचिन्तकहरूको प्रार्थनाले खान ठिक हुने अपेक्षा ती प्रवक्ताले गरेका थिए।

इरफान खानको रोग

गत वर्ष इरफान खान लन्डनमा उपचार गराएर फर्किएका थिए।

त्यसयता उनको कोकिलाबेन अस्पतालमा चिकित्सकहरूको निगरानीमा उपचार चल्दै आएको थियो।

‘अङ्ग्रेजी मीडीअम’ चलचित्रमा काम गर्ने क्रममा पनि उनको स्वास्थ्य बिग्रिएको महसुस गरिएको बताइएको छ।

उक्त चलचित्रको छायाङ्कन कैयौँ पटक रोक्नुपरेको थियो। इरफानले स्वस्थ महसुस गरेपछि कतिपय दृश्यको छायाङ्कन गरिएको थियो।

हालै इरफान खानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो।
लकडाउनका कारण इरफान खानले आफ्नी आमाको अन्तिम संस्कारमा सहभागी हुन पाएका थिएनन्। भिडिओ कलबाट उनले धार्मिक विधिअनुसार गरिएको अन्तिम संस्कारमा सहभागिता जनाएको बताइएको छ।

इरफान खान मस्तिष्कमा हुने ‘न्यूरोएन्ड्रोक्राइन ट्यूमर’ बाट पीडित थिए। दुई वर्षअघि उनको रोग निदान भएको थियो।

त्यसपछि उनी आफैँले ट्विटरबाट आफूलाई लागेको रोगबारे जानकारी दिएका थिए।

त्यस बेला उनले ट्वीट गरेका थिए, “जिन्दगीमा अकस्मात् कहिलेकाहीँ यस्तो हुन्छ जसले तपाईँलाई अघि लिएर जान्छ। मेरो जिन्दगीका पछिल्लो केही समय यस्तै रह्यो। मलाई न्यूरोएन्डोक्राइन ट्यूमर नामक रोग लाग्यो। तर मेरो आसपास भएका मानिसको प्रेम र शक्तिले मलाई आशा जगाइदिएको छ।”

रोगबारे थाहा भएपछि उनी उपचारका लागि लन्डन गएका थिए। एक वर्ष त्यहाँ उपचार गराएर उनी मार्च २०१९ मा भारत फर्किएका थिए।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv