लकडाउनको बेला युवा संघ र जसपा को बबरमहलमा भयो चर्काचर्की (भिडियो )

काठमाण्डौं,बैशाख १७ । यती बेला सत्ता पक्षका युवा नेताकार्यकर्ता र सजपाका नेता,समर्थक बिच न्यायका लागि निकै दौडधुप चलेको छ । गत बैशाख ८ गते प्रधानमन्त्री केपी शर्मा ओली ले एकाएक अध्यायदेश ल्याउनु भयो । त्यो अवसरमा समाजवादी पार्टी र राजपा बिच एकिकरण भयो । प्रम ओलीको राजपा र समाजवादी पार्टी फुटाउने चाहनालाई ती दुई पार्टी मध्यरातमा एकाएक एकिकरण भएपछी तुहिएयो । र ओलिले ल्याएको अध्यायदेश को चौतर्फी बिरोध पनि भयो । ७२ घण्टा नबित्दै पार्टी र संबैधानिक सम्बन्धी अध्यायदेश राष्ट्रपतिद्धारा जारी गरेको पुन: खारेज गर्नु पर्‍यो । हेर्नुहोस् भिडियो :-

यो बिच नेकपा का सांसद महेश बस्नेत,पुर्व आईजिपी सर्वेन्द्र खनाल र सांसद किसान श्रेष्ठ लाई डा सुरेन्द्र यादवको अपहरण गरिएको आरोप लगाइ जाहेरी दर्ता गर्न टेकु परिसरमा पुगे त्यस्तै झुटो आरोप लगाएको भनी निवेदन लिएर सत्ता पक्षका युवानेताहरु पनि साइबरक्राइमको आरोप लगाउंदै पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, हिसिला यामी का बिरुद्ध खनिए । यो सिलसिला टेकुमा दर्ता नभए पछी सरकारी वकिल को कार्यालय बबरमहल सम्म चली रहयो ।

दुबै पक्ष एकअर्कालाई आरोप लगाउँदै सम्बन्धित निकायमा धाइ रहेका छन तर यो समय भनेको लकडाउनको हो । देशभर कलाकारखाना,ब्यवसाय,कारोवार, अत्यावस्यक निकाय बाहेक धेरै जसो बन्द छन दिनहुँ सयौं सवारीसाधन सुरक्षाकर्मीद्धारा चोक चोकमा समातिन्छन किन कि तिनीहरु सँग सवारी पास हुँदैन र सर्वसाधारणलाई हिडडुल गर्न अनुमती पनि छैन । यस्तो बेलामा पनि भिड जम्मा गरेर बिभिन्न स्थानमा भएको राजनीतिक दौडधुपले सर्वसाधारणलाई अच्चम्मित तुल्याएको छ । के यो बेला राजनीतिका बारेमा आन्दोलन र बहस गर्ने समय हो ? एउटा सचेत नागरिकलाई यस्ता प्रश्न ले घोची रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv