ब्रेकअप भन्दै पुर्व युवराज पारस शाह को स्ट्याटस ले लियो तरङ

पोखरा,बैशाख २१ । आइतवार राति पूर्व युवारज पारस शाहले एउटा एटाटस लेखे । जसमा उनले आफ्नो सम्बन्ध विच्छेद भएको जनाएका छन् । तर त्यसमा को संग कस्तो सम्बन्ध विच्छेद भन्ने कुरा खुलाएनन् । उनले सो स्टाटस लखेको दुई घण्टामानै निकै धेरै कमेन्टको ओइरो लाग्यो । उनले यो रात छिनछिनमा स्टाटस अपडेट गरेको देखिन्छ ।

सामाजिक सञ्जाल फेसवुकमा उनले पोखरामा रहेको पनि पुष्टि हुने भिडियो सार्वजनिक गरेका छन् । जसमा उनी निकै खुसी देखिन्छन् । सम्बन्ध विच्छेद भयो भनेर लेखेको स्टटासमा आएका थुप्रै कमेन्टहरुको जवाफमा उनले फेरी दुई घण्टा पछि अर्को स्टाटस लेखेका छन् । उनले आफुले लेखेको त्यो स्टटासमा धेरै ब्यक्तिले खुसीको प्रतिकृया स्वरुप स्टाटस लेखेको भन्दै आश्चर्य ब्यक्त गरेका छन् । राती १२ वजे देखि ३ वजेको बिचमा उनले ८ वटा स्टाटस लेखेका छन् ।

पूर्वयुवराज पारस आफ्ना कृयाकलापका कारण निकै विवादित छन् । पछिल्लो समय उनी युट्युवर सोनिका रोकायसंगको सम्बन्धका कारण चर्चामा छन् । सोनिकासंगको सम्बन्ध उनको परिवारले मन पराएको छैन भन्ने कुरा बाहिर आइरहेको छ । यस्तो अवस्थामा पारसले लेखेको सो स्टाटसले फरक अर्थ राख्छ । त्यसैले पनि उनको सो स्टाटसमा धेरै कमेन्ट आएको हुनसक्छ । आफ्नो स्टाटसमा आएको प्रतिकृया हेरेर उनले मानिसहरु नकारात्मक कुरामा बढी चासो राख्ने गरेको सन्देश दिएका छन् ।

उनले महिला शक्ति भएकाले उनीहरुको संधै इज्जत गर्नुपर्ने भन्दै लामो स्टटास पोष्ट गरेका छन् । उनको सो स्टटासमा पनि निकै धेरै नकारात्मक प्रतिकृया आएका छन् । यस्तो प्रतिकृया आउनुमा नेपाली समाजमा गलत प्रकारको शिक्षा भएको पनि बताएका छन् । उनले समाज परिवर्तनका लागि महिलालाई घृणा होइन पुजा गर्नुपर्ने उल्लेख गरेका छन् ।

उनले कोरोना फैलन नदिन सरकारले लागू गरेको लकडाउनको निर्णयको विरोध गरेका छन् । स्टटासमा उनले पोखरा घुम्न आउन आह्वान गर्दै नेपालीमा कोरोना जित्ने शक्ति रहेको बताएका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv