BREAKING : बाँकेमा एकैदिन २५ जना थपिए

बाँके,बैशाख २१ । नेपालमा कोरोना संक्रमितको संख्या ८४ पुगेको छ। आइतबार एकैदिन २५ जना थपिएर ८४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

आइतबार नेपालगञ्जमा २४ जना र वीरगञ्जमा एक जना कोरोना संक्रमित भएको पुष्टि भएको हो।

प्रयोगशाला परीक्षणका क्रममा नेपालगञ्जमा थप ९ जनामा कोरोना संक्रमण देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ। आइतबारै नेपालगञ्जमा सुरुमा ९ जना पछि ६ जना र पछिल्लो पटक ९ जना गरी २४ जनामा कोरोना देखिएको हो। शुक्रबार नेपालगञ्जमा एक जनामा कोरोना देखिएको थियो।

शुक्रबार संक्रमण देखिएका व्यक्तिकै सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना देखिएको बताइएको छ। संक्रमितको उपचारका लागि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कोभिड १९ अस्पताल तयार गरिएको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv