‘घरमै बसौं बन्दी भई’ भन्दै गायक रोहित मास्के

काठमाण्डौं,बैशाख २२ । धरान र अहिले विश्वनै कोरोना संक्रमणले पिडामा छ ।कोरोना महामारीबाट बच्न अहिलेको परिवेशमा एकमात्र उपाय दुरी कायम गरी घरमै बस्नु नै रहेकोले सबैतीर लकडाउन गरिएको छ । अहिले हामी सबै मिलि कोरोना महामारी संग जुध्नको लागि एकमात्र उपाय लकडाउनको पालनाले नै हाम्रो देशमा यसले महामारीकै रुपमा लिईसकेको त छैन तर पनि कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ ।


यसै सन्दर्भमा धरानका केहि संगीतकर्मीहरु मिलि कोरोना महामारीबाट बच्न घरमै बसौं भन्दै एउटा सचेतनामुलक गीतको भिडियो तयार गरेका छन् ।


संगीतकर्मीहरु रोहित मास्के , हेम सुब्बा , सन्जिब लामा तामांग र मनोज मोतेको समुहले घरमै गीत रेकर्ड गरेर मोबाईलबाट नै भिडियो खिचेर मोबाईल बाटनै सम्पादन गरी म्युजिक भिडियो समेत तयार गरेका छन् ।

उक्त हामी बाँचौ,यो देश बचाऔं , संसारलाई बचाऔं बोलको गीतको रचना ,संगीत , संगीत संयोजन रोहित मास्केको रहेको छ भने रोहित मास्के,सन्जिब लामा तामांग र मनोज मोतेले स्वर दिएका छन् । त्यसतै गीतको मिक्सिङ्ग हेम सुब्बाले गरेका छन् भने म्युजिक भिडियोको कन्सेप्ट तथा सम्पादन सन्जिब लामा तामांगले गरेका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv