एका बिहानै फेरि थपिए कोरोना संक्रमित नेपालमा बढ्यो खतराको घण्टी

काठमाण्डाैं,जेठ २ । शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

भर्खरै अध्यावधिक विवरण अनुसार कोभिड १९ का पुष्टि भएकाहरूकाे जम्मा सँख्उा २५८ पुगेकाे छ । राष्ट्रिय जनस्वास्य प्रयोग शाला, काठमाण्डाैं र भेरी अस्पताल नेपालगञ्जमा गरिएकाे परिक्षण अनुसार नयाँ पुष्टि भएकाे सँख्या ९ जना छ ।

मकवानपुर निवासी ३७ बर्षिय पुरूष, बाँके नैनापुर-०१, ०३ र ०५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ बर्षिय पुरूषहरू संक्रमित भएकाे खबर छ ।

हालसम्म प्राप्त विवरण अनुसार उहाँहरूकाे स्वास्थ्य सामान्य अवस्थामा रहेकाे छ र उहाँहरू स्वास्थ्यकर्मीहरूकाे सम्पर्कमा हुनुहुन्छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv