कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको यसरी गरियो दाहसस्कार

काठमाण्डौं,जेठ ३ । कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसेकी २९ वर्षीया महिलाको दाहसस्कार गरिएको छ ।

शनिवार सुरक्षा व्यवस्थाको साथ पिंगलास्थानमा रहेको विद्युतीय शव दाह गृहमा अन्तेष्टि गरिएको हो । बिहीवार राति उपचारको लागि धुलिखेल अस्पताल लग्दै गर्दा उनको मृत्यु भएको थियो । शनिवार राति महिलाको शवलाई धुलिखेल अस्पतालबाट सुरक्षा अपनाएर सुरक्षाकर्मीको स्कटिङसहित पिंगलास्थानको शवदाह गृहमा ल्याइएको थियो ।

नेपाली सेना, प्रहरी सहितको टोलीले धुलिखेलबाट शवलाई ल्याएका थिए । शव ल्याउने समयमा गौशला क्षेत्रमा अन्य मानिस तथा सवारी साधनलाई समेत प्रवेश निषेध गरिएको थियो । दाहसंस्कारमा सहभागीहरुले मास्क लगायत कोरोना संक्रमणबााट जोगिन पिपिइ लगायतका उपकरण लगाएका थिए । (पहिलो पोस्टबाट साभार) तस्बिर प्रबिण रानाभाट पहिलो पोस्ट



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv