लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय
काठमाण्डौं,जेठ ४ । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।
हालसम्म पिसिआर टेस्टमा २८हाजर १ सय ६३ , आर डि टि टेस्टमा ६७ हजार ७ सय ६९ जना को परीक्षण भई सकेको र २ सय ९५ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ भने । २ जना को मृत्यु भईसकेको छ ।