कोरोना संक्रमणका कारण मृत्‍यु भएकी महिलाको फोटो पोस्ट बारे प्रेस काउन्सिल नेपालको गम्भिर ध्यानाकर्षण

काठमाण्डौं, जेठ ४ । कोरोना संक्रमणका कारण मृत्‍यु भएकी सिन्धुपाल्चोक बार्‍हबिसेकी २९ बर्षिय सुत्केरी महिला को तस्बिर बिभिन्न संचारमाध्यममा सार्वजनीक भए पछी प्रेस काउन्सिल को गम्भिर ध्यानाकर्षण भएको छ ।

आईतबार एक प्रेस बिज्ञप्ती जारी गर्दै उक्त कुरा उल्लेख गरे को हो । बिज्ञप्तीमा भनिएको छ कोरोना कहरबिच मिडियाकर्मीहरुलाई अधिक भन्दा अधिक सहुलियतको निम्ती हामी प्रयत्नशिल छौ । संगसंगै केही सडक स्वयमसेवी र युट्युब च्यानलका गतिविधी प्राप्त गुनासा अध्ययन गरी पेशागर सुद्धीकरणका कामलाई एउटा टुङोमा नपुर्याइ नहुने अवस्थामा सरोकारवाला सबै निकायमा छलफलमा छौं । पत्रकार आचार्संहिता भित्र गरिएका गतिविधीमा कुनै मानविय त्रुटी हुन गए सच्च्याउने बिधी र प्रकृया छन । आँफै नियम कानुनको परिधिभित्र नरही गैरपेशागत र गैरकानुनी हर्कत गर्दाको हकमा आईपर्ने समस्याको जिम्मेवारी स्वयमले लिनु पर्ने ब्यवहोरा दु:ख का साथ अवगत गराउन वाध्य छौं । सिमा नाघेर गरिने कर्मलाई प्रेश स्वतन्त्रताको रुपमा नबुझिदिन समेत बिनम्र आग्रह गर्दछौ ।

यस बिच कोरोना बाट संक्रमित र मृत्‍यु भएका ब्यक्तीको पहिचान खुल्ने तस्बिर र बैयक्तिक बिवरण राखी सामाजिक संजालमा पोस्ट भएका अनलाइन संचारमाध्यम बाट सम्प्रेषण भएका घटनाहरुप्रति पनि काउंसिल को ध्यानाकर्षण भएको छ । यसरी सम्प्रेषण गर्दा बैयक्तिक गोपनियताको प्रतिकु हुनुका साथै मानविय संबेदना खल्बलिने र प्रबावित ब्यक्तीलाई थप पिडा पुग्ने हुँदा आम संचार, संचारकर्मी,संचारमाध्यम,सामाजिक संजालका प्रयोगकर्तालाई थप सावधानी अपनाउनु तर्फ समेत ध्यानाकर्षण गराउन चाहेको उल्लेख गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv