डेरीमा दुध किन्न गएका एक वृद्धलाई प्रहरीले कुटपिट गरी घाइते बनाए

बिरगंज,जेठ ५ । नातीनीका लागि डेरीमा दुध किन्न गएका एक वृद्धलाई प्रहरीले कु’टपि’ट गरी घाइते बनाएको छ । लकडाउन उ’ल्लंघन गरेको भन्दै प्रहरीले कु’टपि’ट गरेको पीडि तले बताएका छन् । नेपाल दुरसञ्चार कम्पनीका सेवानिवृत्त कर्मचारी ६७ वर्षीय नागेन्द्र पटेललाई प्रहरीले कु’टपि’ट गरेको हो ।

वीरगन्ज महानगरपालिका– १६ निवासी पटेल अहिले अस्पतालमा उपचारार्थ छन् । उनको खुट्टा भाँचिएको छ । आइतवार नजिकै रहेको दुध पसलमा दुध किन्न जाँदा उनी माथि प्रहरीले कु’टपि’ट गरेको हो । दुध किन्न निस्केका उनलाई प्रहरीले जतावाट आएको हो उतै फर्कन भने, त्यसपछि उनी पछाडी फर्कीएर घर आउँन लाग्दा प्रहरीले पछाडीवाट लठ्ठीले हा’नेको उनले बताएका छन् ।

नयाँ बसपार्कबाट नेसनल मेडिकल कलेज जाने मोडमा यस्तो यस्तो घटना भएको हो । उनलाई त्यसरी कुट’पि’ट गरेको अन्यले पनि देखेका छन् । प्रहरीले दाहिने खुट्टामा हाने पछि उनी सडकमै ढलेका थिए । चिनेजानेका मानिसले उनलाई उठाएर घर लिएर गएका थिए ।

तर खुट्टामा दुखाई अत्याधिक भएपछि उनी नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल पुगेका छन् । उनलाई छोराले अस्पताल लिएर गएका हुन् । एक्स–रे मा खुट्टाको हड्डी भाँ’चिएको पाइयो । चिकित्सकले उनको खुट्टामा प्लास्टर गरिदिएका छन् । प्रहरीले भनेको मानेर घर फर्कन लागेको बेलामा अचानक आफु माथि अन्यायपूर्ण तरिकाले हा’नेको भन्दै उनले दुख ब्यक्त गरेका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv