बाँके नरैनापुरका कोरोना संक्रमतिहरुलाई कोहलपुर ल्याउने समाचारले कोहलपुर बासीहरुमा त्रास
बाँके,जेठ ६ । बाँके नरैनापुरका कोरोना संक्रमतिहरुलाई कोहलपुर स्थित कृषी विकास तालिम केन्द्रमा ल्याईने सामाचार सार्वजनिक भए लगत्तै जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले सो समाचार अपुष्ट रहेको बताए । संक्रमितहरुलाई खजुरा स्थित क्यान्सर अस्पतालमा राखिने विषयमा औपचारिक छलफल भएको समेत उनले बताए ।
उपाध्यायका अनुसार नेपालगञ्जको लायन्स डेन्टल अस्पतालमा संक्रमित मध्य २३ जनालाई राखिने निर्णय भईसकेको छ । आधिकारिक धारणा आउनु पुर्व नै सम्प्रेषित समाचारले कोहलपुर बासीहरुमा एक खालको त्रास उत्पन्न गराएको छ । संक्रमितहरुलाई कोलपुर नगरपालिकाको पिपरी स्थित कृर्षी विकास तालिम केन्द्रमा रोखिनेछ भन्ने कुरा सार्वजनिक भए लगत्तै स्थानियहरुले विरोध जनाएका छन् ।
कोहलपुरको तालिम केन्द्रको गेष्ट हाउसलाई आईसोलेसन बनाएर कोरोना संक्रमितहरुलाई राख्ने तयारी गरिएको भन्ने थाहा पाउने बित्तिकै तालिम केन्द्रको गेटमा प्रदर्शन भईरहेको छ । उक्त प्रर्दशन भईरहेको स्थानमा वास्तविकता बुझ्न अहिले कोहलपुर ईलाकाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्द, केही स्थानीय र साथमा जनप्रतिनीधि पनि पुगेका छन् ।