अंपुन आँधी अर्थात चक्रावतका कारण नेपालको बिभिन्न स्थानमा भारी बर्षा

काठमाण्डौं,जेठ ७ । बंगालको खाडीमा बनेको अंपुन नामको आँधी अर्थात् चक्रवातका कारण अहिले मुलुकका बिभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो क्रम आजदेखि तीन दिनसम्म जारी रहनेछ । महाशाखाका अनुसार हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका सबै भू-भाग लगायत प्रदेश नं ५ को केहि स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ भने बांकी सबै भू -भागमा सामान्य बदली रहि थोरै स्थानहरुमा वर्षा भइरहेको छ ।
आज दिउसो पूर्वी भू-भागका धेरै स्थानहरु, मध्य भू-भागका केही स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै पुर्वी तथा मध्य उच्च हिमाली भू-भागका केही स्थानहरुका साथै पश्चिमी उच्च हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संभावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv