पुर्व युवराज पारस सवारी दुर्घटनामा

पूर्वयुवराज पारस शाह चढेको गाडी पोखरामा दुर्घटनामा परेको छ । शुक्रबार राति शाह चढेको बा १४ च २१३१ नम्बरको गाडीले पोखराको पृथ्वीचोक सडकमा हिडिरहेको बाच्छोलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

गाडीको ठक्करबाट बाच्छो मरेको प्रहरीले जनाएको छ । सवारी चालक अशोक गुरुङ र गाडीलाई नियन्त्रणमा लिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।

पूर्वयुवराज शाहलाई शुक्रबार मध्यरातमा छाती दुखेपछि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लैजान क्रममा दुर्घटना भएको हो । चालक गुरुङ पारसका नियमत चालक नभएर सहयोगी भएको उनले बताए । गाडीमा चालक सहित ३ जना थिए ।

जसमध्ये एक जना स्वास्थ्यकर्मी भएको एसपी कार्कीले बताए । दुर्घटनापछि पारसका सहयोगीले अर्को गाडीमा राखेर अस्पताल पुर्‍याएका थिए । अस्पतालले शाहको स्वास्थ्य परीक्षणपछि अवस्था सामान्य रहेको जनाएको थियो ।

चालकलाई कानुन अनुसार कारबाही गरिने कार्कीले बताए । लकडाउनका कारण पोखरामा रहेका पारस पछिल्लो समय सामाजिक कार्यमा समेत सक्रिय बनेका छन् । केही दिन अघि उनले पोखरामा खान नपाएका विपन्न परिवारलाई राहत वितरण गरेका थिए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv