कोभिड-१९ को महामारीमा अग्रपंतीमा रहेर भक्त बीबी ले गर्‍यो यस्तो काम

काठमाण्डौं, जेठ २३ । विश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमण कोभिड-१९ ले विश्वभर लकडाउन भयो । यसको प्रभाव नेपालमा पनि पर्‍यो । तत्काल नेपाल सरकारले देशैभर सम्पूर्ण क्षेत्र बन्द गर्‍यो ।

बिपन्न बर्ग, दैनिक ज्यालादारी गरेर गुजारा चलाउने नेपालीहरुको गास खोसियो । प्रत्यक्षरुपमा प्रभावित भएका नेपालीहरुको घरमा चुलो बल्न धौधौ परेको बेला नेपाली हुनु र मानवियता मरेको छैन भन्ने उदश्यका साथ अमेरिकामा बसोबास गर्दै आउनु भएका समाजसेवी तथा भ्रष्टाचार बिरोधी अभियानता भक्त बहादुर भण्डारी को सक्रियतामा भक्त बीबी हेल्पिङ हेन्ड्स फर ह्युमानिटी संस्था मार्फत नेपालभर बिभिन्न सेवामुलक काम शुरु भयो ।

अत्यावस्यक खाध्य बस्तु चामल,दाल,नुन,तेल,आदी सुदुरपच्चिम प्रदेशको कन्चनपुर, बाजुरा, डडेलधुरा, धनगढी लगायतका जिल्लाहरुमा बिभिन्न स्थानिय निकाय र संघ संस्थाहरु सँग मिलेर राहत बितरण गर्न शुरु गर्‍यो । त्यस्तै डडेलधुरा जिल्लामा प्रहरी सेवामा खटिएका प्रहरीका लागि स्वास्थ्य सामाग्री र जनचेतनाका लागी होल्डिङ बोर्ड राखिएको छ ।

हाल धनगढी उप-महानगरपालिका वडा नं ३ मा रहेको त्रिभुवन माध्यामिक बिद्यालयमा क्वारेन्टाइन गृह स्थापना गरी दैनिक ५९ जनालाई सेवा प्रदान गरी रहेको छ । उक्त क्वारेन्टाइन गृह उप-महानगरपालिका र स्थानिय जनप्रतिनिधीको समुन्वयनमा संचालनमा ल्याइएको बताइएको छ ।

प्रदेश ५ को पाल्पा,रुपन्देहीका जिल्लाहरुमा पनि बिभिन्न संचारमाध्यममा कार्यरत पत्रकार ,बिपन्न बर्ग, दलित मजदुरहरुलाई पनि राहत स्वरुप खाद्यन्न र स्वास्थ्य सुरक्षाका सामाग्री बितरण गरेको छ ।

काठमान्डौं,काभ्रे,सिन्धुपाल्चोक,सोलुखुम्बु,पर्सा,महोत्तरी,बिराटनगरका जिल्लाहरुमा बिभिन्न संचारगृहमा काम गर्ने पत्रकार , बिपन्न परिवार र दैनिक ज्यालदारीमा काम गर्ने मजदुरका परिवारहरुका लागि खाध्यान्न राहत अत्यावस्यक खाद्य बस्तु राहत बितरण गरिएको छ । यसका साथै काभ्रे जिल्लामा बिपन्न परिवारलाई लुगाधुने,हातधुने साबुन बितरण गरिएको छ ।

राहत बितरण कार्यलाई अझ ब्रिहद बनाउँदै धनगढीको अतरिया, कन्चनपुरको गड्ढाचौकी नाका, डडेलधुराको स्याउले बजार, कैलाकीको बत्कडामा लकडाउनको कारण बिभिन्न नाकाबाट नेपाल आएका यात्रुहरुलाई खाना ब्यवस्था गरेको संस्थाले जनाएको छ ।

त्यस्तै काठमाण्डौको बानेश्वर,नयाँबनेश्वर,बुद्धनगर,कलन्की,कृतिपुर,अनामनगर, घट्टेकुलो, डिल्लिबजार क्षेत्रवरपर रहेका बिपन्न परिवार, दैनिक ज्यालादारी काम गर्ने मजदुर परिवारलाई गत बैशाख १६ गते देखी निरन्तर खाना प्याकेट बितरण गरेको पनि जनाएको छ । केही स्थानमा सुरक्षाको दृष्‍टिकोणले बन्द भए पनि घट्टेकुलोमा अहिले पनि भोजन बितरण गरीएको संस्थाका एक सदस्य ले जानकारी दिए ।

हालसम्म अप्ठ्यारोमा परेका काठमाण्डौ, धनगढी,महेन्द्रनगर,महोत्तरी र बिराटनगरका जिल्लामा गरी बिपन्न र गरीब ज्यालादारी मजदुर परिवारलाई २ लाख भन्दा बढीलाई भोजन प्याकेट बितरण गरि सकेको नेपालमा रहनु भएको केन्द्रिय संयोजक भ्रष्टाचार बिरोधी अभियान्ता शारदा भुसाल (झा) ले बताउनु भयो ।

सेवा नै धर्म हो नेपाली भएर नेपालीलाई परेको बेला सहयोग गर्न पाउँदा अत्यन्त गर्व लागेको र यो लकडाउन अवधीभर सरकार संग समुन्वयन गरी थप सेवा गर्ने संस्थापक अध्यक्ष भक्त बहादुर भण्डारीले जनाउनु भयो ।

संस्थाले डडेलधुरामा श्री बहादुर खड्क स्‍मृति प्रतिष्ठान,धनगढीमा स्थापना गरिएको क्वारेन्टाइनका लागि धनगढी उप-महानगरपालिका र स्थानिय निकाय, काठमाण्डौमा त्रिबेणी युवा क्लब,तेस्रो आँखा युवा क्लब,आनन्द इभेन्ट्स, बानेश्वर एकता समाज,छक्कुबक्कु संरक्षण समिति, श्री रत्न पुस्तकालय श्री पन्चकुमारी समाज, बुद्धनगर एकता टोल बिकास समिति,नवज्योती युवा क्लब,नेपालय एजुकेशन फाउण्देशन र कृतिपुरका स्थानिय युवाहरुको सक्रियतामा निशुल्क भोजन बितरण गरेको हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv