भारतीय योजनामा हरिबोल गजुरेसहित ११ सांसद अनुपस्थित

काठमाण्डौ,जेठ ३१ । प्रतिनिधिसभाको बैठकले दुई तिहाई भन्दा बढी मतका साथ संविधानको दोश्रोे संशोधन विधेयक २०७७ पारित गरेको छ ।

प्रतिनिधि सभाको शनिबार बसेको बैठकले नेपालको सविधान दोश्रो संशोधन विधेयक २०७७ लाई दुई तिहाई भन्दा बढी मतले पारित गरेको हो । प्रतिनिधिसभा नियमावली अनुसार गरिएको मत विभाजनमा संशोधन विधेयक पास गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय ५८ मत परेको हो ।

शनिबारको बैठकमा सांसदहरु अमृतादेवी अग्रहरी, गोपाल बहादुर बम, दुलारी देवी खत्वेनी, धन बहादुर बुढा ,नागेन्द्र कुमार चौधरी, प्रमोद शाह, शिव कुमार मण्डल, सूर्य नारायण यादव, सूर्य बहादुर केसी, हरिबोल गजुरेल, ज्ञान कुमारी छन्त्याल अनुपस्थित रहेका थिए ।

सांसदहरु हरिनारायण रौनियार, रेशम चौधरी, मोहम्मत अफ्ताब आलम र बिजय कुमार गच्छदार निलम्बित छन् । यस्तै सांसद सरिता गिरी भने बैठक बहिष्कार गरी बाहिर निस्किएकी थिइन् । प्रतिनिधिसभा २७५ सदस्सीय रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv