सांसद सरिता गिरी भारत जान लाग्दा सिराहा प्रहरीले सीमानाका बाटै फर्काइदियो

चितवन,असार २ । सांसद सरिता गिरी भारत जान लाग्दा सिराहा प्रहरीले सीमानाकाबाटै फर्काएको छ ।

मंगलवार दिउँसो तीन बजे उनी सिरहाको ठाडी नाकाबाट भारत जान लागेकी थिइन् । सिरहाका प्रहरी प्रमुख एसपी उमाशंकर चतुर्वेदीले भारतले आफ्नो देश छिर्न खुला गरेको नाका नभएकाले ठाडीबाट प्रवेश गर्न नदिइएको बताए । उनले भारत प्रवेश गर्न निकै प्रयास गरे पनि सफल नभएपछि लाहानतर्फ फर्किएको सुरक्षा स्रोतको भनाइ छ ।

गिरी चालक र गाडीसहित सिराहाको थाडीबाट भारतको विहारतर्फ प्रवेश गर्न लागेकी थिइन् । सुरक्षागार्ड समेत छाडेर चालकलाई लिएर गिरी भारत प्रवेश गर्न लागेकी थिइन् । प्रहरीले लकडाउनको समयमा नाकाबाट जाने अनुमति नदिइएको भन्दै फर्काएको हो ।

भारतले आफ्नो दावी गर्दै आएको लिपुलेक, लिपियाधुरा र कालापानी क्षेत्र नेपालले आफ्नो नक्सामा समेटेपछि गिरीले त्यसको विरोध गर्दै आएकी थिइन् । पछिल्लो समय उनीविरुद्ध सडकमा निरन्तर प्रदर्शनहरु भएका थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv