लद्दाखमा २० भारतिय सेना र चिनका ४३ सेनाको मृत्‍यु

नयाँ दिल्ली,असार ३ । भारत र चीनको पच्चिम उत्तरी सिमाना लद्दाखमा दुई देशका सैनिक बिच भएको झडपमा २० भारतीय सेना को मृत्‍यु भएको छ । मंगलबार दिन भर भएको झडपमा २० भारतिय सेना र चिन को ४३ सैनिक को मृत्‍यु भएको भारतीय समाचार ले जनाएको छ ।
इन्डिया टिभीले लेखेको छ भारतीय सेनाले जानकारी दिए अनुसार मंगलबार भएको हिंसात्मक झडपमा एक सैनिक जवान र एक सैनिक अधिकारीको मृत्‍यु भएको र चिनका ५ सैनिक को मृत्‍यु भएको जनाएको छ । भारतीय सेनाले मंगलबार दिउँसो जारी गरेको बिज्ञप्तीमा गलवान मा भएको झडपको पुष्टी गरेको छ । राती १० बजे स्रोत ले दिएको जानकारी अनुसार २० भारतिय सैनिक र चिनका ४३ सैनिक जवान को मृत्‍यु भएको बताएको छ ।

स्रोतले दुबै तर्फ मृत्‍यु हुनेको संख्या बढ्न सक्ने जनाएको छ भने उक्त झडपमा मारिएका पीएलए का सैनिकलाई लैजानको लागि चिन को हेलिकप्टर एलएसी को नजिक आएको पनि बताएको छ । भारतीय सैनिक मुख्यालयले जनाए अनुसार २० सैनिक मध्य १७ भारतीय भारतीय सैनिक निशेधित क्षेत्रमा सुन्य डिग्री भन्दा तलको तापमानका कारण गम्भिर घाईते भएको जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv