ठकुरी सहयोग संजालबाट ५०० जनालाई निशुल्क स्वास्थ्य परिक्षण (तस्विरहरु सहित )

सामाजिक सेवामा सकृय एक मात्र ठकुरी संस्था ठकुरी सहयोग संजालले हिजो भक्तपुरको झौखेलमा निशुल्क आँखा जाच तथा रक्तचाप र मधुमेहको परिक्षण शिविर संचालन गरेको छ । शिविरमा करिब ५ सयले सेवा लिएको ठकुरी सहयोग संजालले बताएको छ

स्वास्थ शिविरमा चिकित्सकहरुको समुह बरिष्ठ आँखाँ रोग बिशेषज्ञ कमल खड्का, आँखाँ रोग बिशेषज्ञ राजेश शर्मा , चिकित्सक किशोर शाही, चिकित्सक रेणु शाही र चिकित्सक रोजेश्वरी सिंह ठकुरीको सहभागिता रहेको थियो । त्यसै गरि अन्य स्वास्थ्यकर्मीहरुको समुहमा बिएन नर्स अनु मल्ल, स्टाफ नर्स ज्योती खाण शाही, स्टाफ नर्स योजना शाह, अनमी रिता शाही र अनमी शुमित्रा सिंह र अहेब शान्ती शाहीको सहभागिता रहेका थियो ।


शिबिरमा स्वास्य जाच पछि आँखाका विभिन्न औषधीहरु र अन्य सामान्य औषधीहरु निशुल्क वितरण गरिएको थियो । संजालको तर्फबाट ठकुरी सहयोग संजालका सल्लाहकारहरु किरण मल्ल परिवेश, नयन हमाल, अध्यक्ष रेशम जंग शाह, उपाध्यक्ष अभिशेक ठकुरी कोषाध्यक्ष शुशिल हमाल, सदस्यहरु रिद्धिराज शाही, अजय मल्ल ठकुरी, हिमाल जंग मल्ल तथा अन्य अभियान्ताहरु रबिना शाह, रुपा शाह, मुनम मल्ल ठकुरी, प्रभिन सिंह ठकुरी, चन्द्र बम,गुराश मल्ल, कृपेश शाही, देबेन्द्र मल्ल, सृजना शाह,निराजन शाह , गणेश मल्ल लगायत अन्य स्थानियहरुले स्वयं सेवकको भुमिका निर्वाह गर्नु भएको थियो ।


स्वास्थ्य शिविरलाई ठकुरी सहयोग संजालका बरिष्ठ सल्लाहकार तथा लायन्स क्लब इन्टरनेशनल काठमाण्डौ डिस्टिक ३२५ बि २ नेपालका अध्यक्ष भिकेस ठकुरी तथा लायन्सका अन्य सदस्यहरुले समेत अनुगमन गर्नु भएको थियो ।
तस्बिरहरु :



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv