क्वारेन्टिनमा रहेकी १६ बर्षिय किशोरी भागीन

राजविराज,असार ६ । राजविराज नगरपालिकाको क्वारेन्टिनबाट एक किशोरी भागेकी छिन् ।

यहाँको राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाएको थियो। अहिले यही क्वारेन्टिनबाट १६ वर्षीया किशोरी फरार भएकी हुन् ।

सबै जना सुतेको बेला मध्यरातमा विद्यालयको पछाडिबाट भागेको हुनसक्ने क्वारेन्टिनका इञ्चार्ज हरिवंश यादवले जानकारी दिए ।

यादवका अनुसार क्वारेन्टिनमा बसेकाको गन्ती गर्ने क्रममा फेला नपरेपछि मात्र किशोरी भागेको पत्ता लागेको हो ।

क्वारेन्टिनमा खटिएका महिला स्वास्थ्यकर्मीका अनुसार उनी २ महिनाकी गर्भवती छिन् ।

झ्यालको फलामे छड बङ्ग्याएर भागेको अनुमान गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले किशोरीको खोजी गरिए पनि हालसम्म फेला नपरेको बताए ।

भारतको दिल्लीबाट आएकी किशोरी जेठ २५ गतेदेखि क्वारेन्टिनमा बस्दै आएकी थिइन् ।

गत माघ १३ गते एक युवकसँग भागेर भारतको दिल्ली गएकी किशोरीलाई उनकी आमाले बोलाएपछि राजविराज आएकी थिइन् ।

राजविराज आएपछि क्वारेन्टिनमा बसेको १० दिनपछि भागेकी ती किशोरी जान सक्ने घर, माइत, आफन्तकहाँ खोजी गरे पनि फेला नपरेको प्रहरीले जनाएको छ ।

यसअघि सोही क्वारेन्टिनबाट रिपोर्ट नआउँदै घर पुगेका राजविराज–१ का ३० वर्षीय युवकको रिपोर्ट पोजेटिभ आएपछि मङ्गलबार नियन्त्रणमा लिई राजविराज–२ स्थित साइकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेसन केन्द्रमा राखिएको छ ।

युवकको सम्पर्कमा रहेकालाई पनि क्वारेन्टिनमा ल्याएर राखिएको इञ्चार्ज हरिवंश यादवले बताए । रासस



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv