Enough is Enough भन्दै युवाहरु शहीदगेटका सडकमा लम्पसार (भिडियो सहित)

काठमाण्डौं,असार ६ । कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सरकार असफल भएको आरोप लगाउँदै युवाहरुले राजधानीको शहीदगेटमा प्रदर्शन गरेको छ।

युवाहरु शहीदगेटका सडकमा लम्पसार परी सरकारको विरोध गरेका छन्।आन्दोलनकारीले क्वारेन्टाइन सुरक्षित नभएको, सरकारले सुल्टो भन्दा नसुनेकोले उल्टो परेकोजस्ता नारा लेखिएको प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीले अन्तिमा राष्ट्रियगान बजाउँदा सुरक्षाकर्मीले स्यालुट गर्नुपरेको थियो । भ्रष्टाचार र अनियमितताको अन्त्यको माग गर्दै यसअघि युवाहरुले बालुवाटार, नक्साल, माइतीघरलगायत देशका विभिन्न स्थानमा विरोध गर्दै आएको छ। उनीहरुले जनताको स्वास्थ्यको लागि पीसीआर परीक्षण बढाउनसमेत माग गर्दै आएको छ । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv