शिक्षाविद् अंगुरबाबा जोशीको निधन

काठमाण्डौं ,असार ६ । समाजसेवी एवम् शिक्षाविद् अंगुरबाबा जोशीको निधन भएको छ। जोशीको ८९ वर्षको उमेरमा बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। काठमाडौं डिल्लीबजारकी अङ्गुरबाबा नेपालकी पहिलो महिला क्याम्पस प्रमुख थिइन् । उनी सात समुद्रपार उच्च अध्ययन गर्न जाने प्रथम नेपाली महिला पनि थिइन्।

उनी विगतमा क्यान्सरबाट पीडित भएकी थिइन। १७ वर्षअघि घाँटीमा क्यान्सर भएर उपचार गर्दा अनुहार बाँगिएको थियो। जोशी पद्माकन्या क्याम्पसको संस्थापक हुन्। उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुखसमेत हुन्। जोशीले १८ वर्ष पद्मकन्या क्याम्पसको प्रमुख भएर काम गरेकी थिइन् । जोशीको केही बेरमा पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार हुने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

काठमाडौंको डिल्लीबजारस्थित पन्त परिवारमा दोस्रो सन्तान पनि छोरी नै जन्मिएपछि परिवारमा खासै खुसीयाली थिएन। त्यति मात्र होइन, अढाई वर्षसम्म बालिकाको बोलीसमेत नफुटेपछि घरका मात्र होइन आउने जानेले समेत उनलाई लाटी भनेर बोलाउन थालेछन्। ‘यो लाटीले कसरी घर गरेर खाली’ भन्ने आफ्नी आमाको हरबखतको चिन्ता र आफ्ना दौंतरीहरूको सक्रियता देखेर ती अबोध बालिकालाई लघुताभास भएछ। ती बालिका थिइन्, अंगुरबाबा जोशी।

सुरुमा हेलाँ गरिएकी अंगुरबाबा विस्तारै सबैकी प्यारी हुँदै गइन्। बुवाआमाले सँगसँगै हिँडाउन थाले। त्यसबेला छोरीलाई पढाउने चलन थिएन। पन्त परिवार एकदमै आध्यात्मिक भएकाले गुरुहरू आवत्जावत गरिरहन्थे। कथा, प्रवचन भइरहन्थे। यो प्रभाव उनमा पनि पर्‍यो।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv