विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९० लाख नाघ्यो

एजेन्सी,असार ९ । कोरोना भाइरस संक्रमितको संख्याले ९० लाखको सीमा पार गरेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार विश्वभर संक्रमितको संख्या ९० लाख ७१ हजार ९ सय ८४ पुगेको हो ।

सबैभन्दा धेरै संक्रमित संयुक्त राज्य अमेरिकामा रहेका छन् । अहिले ब्राजिल र भारत लगायत दक्षिण एसियामा कोभिड १९ को प्रकोप सबैभन्दा तीब्र रफ्तारमा फैलिरहेको छ ।

अमेरिकामा संक्रमितको संख्या २३ लाख १० हजार ७ सय ९८ रहेको छ । ब्राजिलमा ११ लाख ६ हजार ४ सय ७० जनामा संक्रमण देखिएको छ भने रसियामा यो संख्या ५ लाख ९१ हजार ४ सय ६५ पुगेको छ । भारतमा संक्रमितको संख्या ४ लाख २५ हजार २ सय ८२ पुगेको छ ।

विश्वविद्यालयले जारी गरेको तथ्याङ्क अनुसार बेलायतमा संक्रमितको संख्या ३ लाख ६ हजार ७ सय ६१ रहेको छ । पेरुमा यो संख्या २ लाख ५७ हजार ४ सय ४७ रहेको छ । चिलीमा २ लाख ४६ हजार ९ सय ६३ संक्रमित रहेका छन् । त्यसैगरी स्पेनमा २ लाख ४६ हजार ५ सय ४ तथा इटालीमा २ लाख ३८ हजार ७ सय २० जना संक्रमित छन् । इरानमा संक्रमितको संख्या २ लाख ७ हजार ५ सय २५ पुगेको छ ।

संक्रमितको मृत्युको आँकडमा अमेरिका पहिलो स्थानमा छ । त्यहाँ १ लाख २० हजार ३ सय ९३ जनाको मृत्यु भइसकेको छ । दोस्रो स्थानमा ब्राजिल छ जहाँ ५१ हजार २ सय ७१ जनाको मृत्यु भएको छ । बेलायतमा मृत्यु हुनेको संख्या ४२ हजार ७ सय ३१ रहेको छ । इटालीमा ३४ हजार ६ सय ५७ जनाको मृत्यु भएको छ भने फ्रान्समा २९ हजार ६ सय ६६ जनाको मृत्यु भएको छ । स्पेनमा २८ हजार ३ सय २४ जनाको मृत्यु भइसकेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv