काठमाडौं उपत्यका बाहिरबाट आउनेहरु १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाण्डौं,असार ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका बाहिरबाट आउनेहरु १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने सुझाव दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा बोल्दै बाहिर जिल्लाबाट काठमाडौं उपत्यकामा आउने व्यक्तिले १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने बताएका हुन् ।

डा गौतमले उपत्यका बाहिरबाट आउनेलाई घरबेटीले कोरोना परीक्षणको रिपोर्ट माग्ने गरेको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको पनि बताए ।

उनले उपत्यका बाहिरबाट भित्रिँनेवित्तिकै कोरोना परीक्षण गर्न नपर्ने तर १४ दिन होम क्वारेन्टाइनमा बस्दा कोरोनाको लक्षण देखिएमा भने स्वास्थ्यकर्मीको सल्लाहमा मात्र कोरोना परीक्षण गर्नुपर्ने बताए ।

‘काठमाडौं उपत्यकामा उपत्यका बाहिरबाट भित्रिने घरडेरा गरी बस्ने मानिसहरुलाई केही घरभेटीहरुले कोभिड १९ को पीसीआर परीक्षण नगरी घरमा प्रवेश गर्न रोक लगाएको बुझिएको छ, यस सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकषर्ण भएको छ,’ डा गौतमले भने, ‘बाहिरबाट उपत्यका भित्रिनेबित्तिकै कोरोना परीक्षण गर्न नपर्ने र १४ दिन सम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने, सो अवधिमा लक्षण देखापरेमा अस्पताल गइ चिकित्सकको सल्लाहमा मात्र परीक्षण हुनेछ ।’

उनले उपत्यका बाहिरबाट काठमाडौं आउनेलाई कोरोना परीक्षणको दवाब नदिन पनि अपिल गरेका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv