जबर्जस्ती करणीको आरोपमा असई पक्राउ
रौतहट,असार ११ । रौतहटमा नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीषक (असई)लाई जबर्जस्ती करणी गरेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। प्रहरी चौकी बसतपुरका इन्चार्ज असई सञ्जीप झालाई स्थानीयले नियन्त्रणमा लिएर बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा बुझाएको स्थानीयले जानकारी दिएका छन्।
मंगलबार राति करिब १ बजेको समयमा एक स्थानीय महिलालाई घरभन्दा करिब तीनसय मिटर टाढा लिएर जबर्जस्ती करणी गर्न खोज्दा महिलाले प्रतिकार गर्दै गुहार मागेपछि स्थानीयले नियन्त्रणमा लिएका थिए। रातभर स्थानीयको नियन्त्रणमा रहेका असई झालाई बुधबार बिहान जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले उद्धार गरेको हो। आवश्यक अनुसन्धान गरेर कानुनी कारबाही गर्ने सहमति पछि स्थानीयले प्रहरीको जिम्मा लगाएको राजदेवी नगरपालिका–२ का वडाध्यक्ष सनुप महतोले जानकारी दिए।
महिलालाई जबर्जस्ती करणी गर्न खोज्ने प्रहरी सहायक निरीक्षक झालाई जिल्ला प्रहरी कार्यालयमा पु¥याएर घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख रविराज खड्काले जानकारी दिए।
यसैबीच जिल्लाको लौकाहा प्रहरी चौकी इन्चार्ज असई मुनमुन सिंहको दुर्घटनामा परेर मृत्यु भएको छ। विदामा घर जान लागेका उनको दुर्घटनामा परेर मृत्यु भएको बताइएको छ । आजको अन्नपुर्ण दैनिकले छापेको छ ।