रुकुम घटनामा अदालतको आयो यस्तो आदेश

रुकुम,असार ११ । ६ जनाको ज्यान जाने गरी भएको सोती घटनामा रुकुम जिल्ला अदालतले वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले बुधबार वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई थुनामा राख्न आदेश दिएको हो ।

एकजनालाई एक लाख धरौटीमा रिहा गर्न र तीनजनालाई तारेखमा छाड्न आदेश भएको रुकुम जिल्ला अदालतका श्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए । थुनामा पठाइएकामा वडाध्यक्ष मल्लसहित डिल्लीबहादुर मल्ल ठकुरी, प्रेमबहादुर मल्ल ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ (१) र परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ (३) रहेका छन् ।

त्यस्तै, तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नवीनकुमार घर्तीमगर, विराज पुनमगर, भीमबहादुर पुनमगर, रमित पुनमगर, सर्वजित भन्ने सविन पुन र मोहन पुनमगरलाई थुनामा पठाइएको छ । श्रेस्तेदार बोहराका अनुसार परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ (२) एक लाख धरौटीमा रिहा भएका छन् । तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल र दीपेन्द्र चन्द भने तारेखमा रिहा भएका छन् । प्रतिवादीहरू तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा फरार छन् ।

रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा १० जेठमा भएको घटनामा जाजरकोटका पाँच र रुकुम पश्चिमका एक गरी ६ जनाको ज्यान गएको थियो । घटनामा संलग्न रहेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले ३४ जनाविरुद्ध जन्मकैददेखि आजीवन कारावाससम्मको कैद सजायको माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो । मुद्दामा प्रतिवादीको बयान र थुनछेक बहस सकिएपछि बुधबार थुनछेक आदेश जारी भएको हो । पक्राउ परेका २९ मध्ये दुई नाबालकलाई बालसुधार गृहमा पठाउन यसअघि नै अदालतले आदेश दिइसकेको थियो ।

आफ्नी प्रेमिकालाई भगाएर बिहे गर्न भनी आएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विकको समूहलाई सोतीका स्थानीयले कुटपिट गरी भगाएका थिए । जसक्रममा नवराजसहित ६ जनाको ज्यान गएको थियो । उनीहरूको छुट्टाछुट्टै समयमा भेरी नदीमा शव फेला परेको थियो । समाचार नयाँ पत्रीकाले छापेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv