म ठोकुवाको साथ भन्छु अब जसपाका नेता राजेन्द्र महतो जेल जान्छन – हेमन्त सेढाई को गर्जन (भिडियो सहित )

राज्य ब्यवस्था समितीले गरेको पछील्लो निर्णयको सिमाना तथा नागरिकता बिद् हेमन्त सेढाई ले स्वागत गर्नु भएको छ ।

बिहीवार नियात्रा टिभी सँगको अन्तर्वाताका क्रममा वहाँले उक्त कुरा बताउनु भएको हो । यो बिधयेक पास भएपछी तराईका दोहोरो नागरिकता लिएर नेपालमा राजनीति गर्ने नेताहरुको भविश्य सकिने बताउनु भयो । वहाँले भन्नु भयो ” जसपाका नेता राजेन्द्र महतो,नेकपाका सांसद सुरेश चन्द्र दास लगायतका नेताहरु अब ७ बर्ष जेल जानेछन । ”

यसरी नागरिकता बिधयेक पास हुना साथ सरकारले सबै भन्दा पहिला अंगिक्रित नागरिकताधारी को पहिचान गर्नु पर्ने बताउनु भयो । त्यस्तै नागरिकता सम्बन्धी बिदेशमा रहेको निती बारे स्पस्ट पार्दै भन्नु भयो – अमेरिकाको आप्रवासन तथा राष्ट्रियता ऐन १९५२ अनुसार कुनै पनि अमेरिकि नागरिक सँग विवाह गरेर आउने बिदेशी महिलालाई ३ बर्ष पछी नागरिकताको लागि निवेदन गर्न सकिने छ

भनेर ब्यवस्था गरेको छ, अमेरिकाको संबिधानमा समेत भनिएको छ र त्यसमा पुरुष होस या महिला होस् जो सुकै भएपनी अमेरिकि नागरिक सँग विवाह गरे भने पनि ३ बर्ष पछी मात्र निवेदन दिन पाउने ब्यवस्था गरेको छ त्यसै गरी भारतकै संबिधानको कुरा गर्दा पनि सन १९५५ मा भारतको नागरिकता ऐन १९५५ को दफा ५ को सी मा प्रस्ट के लेखिएको छ भने कुनै पनि देशका नागरिक भारतिय नागरिक सँग बिहे गरेर जान्छ भने ७ बर्ष पछी मात्र नागरिकताको लागि निवेदन दिन पाउने तर ६ बर्ष सम्म आवतजावत गरेको भए पनि अन्तिम १ बर्ष ३६५ दिन नै भारतमा बसेको हुनु पर्ने प्रावधान रहेको छ । भन्नु भयो ।

त्यस्तै पाकिस्तानमा ७ बर्ष, भुटानमा बच्चा जन्मे पछी अर्थात बच्चाले नागरिकता पाए पछी मात्र । बङलादेशमा २ बर्ष,माल्दिभ्समा १२ बर्ष त्यो पनि मुस्लिम भए पछी मात्र दिने ब्यवस्था छ त्यस्तै अफगानिस्तानमा ७ बर्ष र श्रीलन्कामा ७ बर्षको ब्यवस्था छ । भन्नु भयो हेर्नुहोस् पुरा भिडियो :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv