नेकपाका नेता माधव कुमार नेपालले बाँडे ‘कोरोना भगाउने जन्तर !’

काठमाडौं,असार १३ । नेकपाका नेता माधव कुमार नेपालले लामो सयम विवादकाबीच स्थगित हुँदै आएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठकमा बाँडेको एउटा कार्डका विषयमा अहिले सामाजिक सञ्जालमा निकै टिकाटिप्पणी भइरहेको छ । उनले बाँडेको कार्डलाई भाइरस रिमभिगं कार्ड भनेर उल्लेख गरिएको छ ।

बुधवारको बैठकमा नेकपाका वरिष्ठ नेता माधव नेपालले कोरोना रोक्ने भन्दै सहभागी पार्टीका नेताहरुलाई लकेट जस्तै कार्ड बाँडेका थिए । त्यो कार्ड लगाएर बैठक बाहिर निस्केका सांसदलाई पत्रकारले प्रश्न गरे ।

यो के हो भनेर रु सार्वजनिक भएको भिडियोमा भनिएको छ, कोरोना भाइरस सम्बन्धित भनेर वरिष्ठ नेता माधव नेपालले दिनुभएको हो, एक स्थायी कमिटी सदस्यले भनेका छन्, उहीलेका धामीले एउटा जन्तर लगाइदिन्थे, यो लगाइदिएपछि भु त प्रे त लाग्दैन भनेर लगाइदिन्थे ।

सांसदले यसो भन्दै गर्दा भिडियोमा अर्को आवाज सुनिन्छ, ‘यो कोरोना जन्तरु । स्थायी समिति सदस्यले फेरी भने, माधवकुमार नेपाल कमरेडले हामीलाई बाँड्नु भएको छ । हामीले पनि यो जन्तर लगाएका छौं । कोरोना भा ग्छ की भा ग्दैन थाहा छैन । यसलाई घाममा देखाउनु हुँदैन रे । साँच्चै कोरोना भ गाउँ छकी उही वेसारको धुलो जस्तै हो । सबैले लगाएको देखेर मैले पनि मागेर लगाएको छु ।

नेता नेपालले चीनमा बनेको भाइरस रिमुुभिङ कार्ड वितरण गरेका हुन्। नेपालमा माधव नेपालमा पहिलो पटक बाँडेको यो कार्ड विदेशमा पनि प्रयोग भएको पाइएको छ । सोही भिडियोमा स्थायी समिति सदस्यले पनि भनेका छन् । ‘यो जापानमा पनि प्रयोग गरिएको छ रे ।’



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv